१२ मंसिर २०८३ ☀️ २४°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

बाजुराको त्रिवेणीमा ‘कुटपिट’बाट घाइते एमाले कार्यकर्ताको मृत्यु

सेयर:

५ कार्तिक, धनगढी : बाजुराको त्रिवेणी नगरपालिका ७ घर भएका एमाले समर्थित कार्यकर्ता चेतन अयडीको मृत्युु भएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचार गर्न अछामको बयालपाटा अस्पताल लैजाँदै गर्दा आइतबार राति मृत्यु भएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।

‘आइतबार साँझ अर्का स्थानीय युवा सञ्जीव अयडीलाई गोली लागेर मृत्यु भएपछि स्थानीयले चेतनलाई कुटपिट गरी घाइते बनाएका थिए । उपचार गर्न पठाउने बन्दोबस्त गर्दागर्दै ढिलाइ भएको थियो । राति बयालपाटा लैजाँदै गर्दा मृत्यु भएको छ,’ प्रजिअ अधिकारीले भने । एमाले कार्यकर्ताहरुले भने उनी राति आफ्नै घरमा सुतेका बेला घर तोडफोड गरि कुटपिटबाट हत्या गरिएको दाबी गरेका छन् ।

मृतक अयडी नेकपा एमाले समर्थित अनेरास्ववियू सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्षसमेत हुन् । दुई जना युवाको मृत्यु भएको त्रिवेणीसहित बाजुरामा भय र त्रासको वातावरण छ । सोमबार थप सुरक्षाको प्रबन्ध गर्न प्रयास भइरहेको प्रजिअ अधिकारीले बताए ।(इकान्तिपुरबाट)

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।