१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

अपरिचित युवाहरुद्वारा सार्वजनिक बस तोडफोड

सेयर:

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको कार्यकर्तामाथि आशंका

झापा । झापाको शिवसताक्षीमा सार्वजनिक बस तोडफोड भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने किराँत चोकमा अपरिचित युवाहरुले तोडफोड गरेको झापा प्रहरीले जनाएको छ ।

धरानबाट काँकरभिट्टातर्फ जाँदै गरेको उक्त यात्रुवाहक बसमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले ढुंगामुडा तथा खुकुरी प्रहार गरि सिसा फुटाइदिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

तोडफोडका कारण बसको अगाडिको भाग र झ्यालका सिसाहरु फुटेका छन् । आफ्ना कार्यकर्तालाई रिहाइको माग राख्दै शनिबार देशभर विप्लव समूहले नेपाल बन्दको आव्हान गरेको थियो ।

बा४ख ८८९७ नम्बरको गजुरमुखी यातायातमा तोडफोड भएपछि बस ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ । तोडफोडमा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।