८ कात्तिक ,काँकडभिट्टा : नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे १ सय १४ ओैँ जन्मजयन्ती (देवकाेटा जयन्ती) मंगलबार झापाकाे मेचीनगरमा विविध कार्यक्रम सम्पन्न भएकाे छ । देवकाेटा पार्कमा रहेकाे महाकवि देवकाेटाकाे पूर्णकदकाे शालीकमा माल्यर्पण, उहाँकाे जीवनी र नेपाली भाषामा महाकवि देवकाेटाले पुर्याएकाे याेगदानकाे चर्चा र कविगाेष्ठीलगायतका कार्यक्रमसहित कार्यक्रम आयाेजना गरपएकाे थियाे ।
सुसेली साहित्यक परिवार मेचीनगरले आयाेेजना गरेकाे कार्यक्रमकाे उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले व्यानर वाचन गरेर गर्नुभएकाे थियाे । आयाेजक संस्थाका अध्यक्ष कथाकार पुण्यप्रसाद खरेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि उप्रेती, मेचीनगर नगरपालिका प्रमुख गाेपालचन्द्र बुढाथोकी , उपप्रमुख मीना पाेखरेल उप्रेती,नेपाली प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याललगायतले देवकोटाकाे पुर्णकदकाे शालीकमा माल्यपर्ण गर्नुभएकाे थियाे ।
उपाध्यक्ष केन्दप्रसाद भट्टराईले स्वागत गर्नुभएकाे कार्यक्रममा मेची बहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक पुण्य खरेलले देवकाेटाकाे कृतित्व र जीवनीमाथि प्रकाश पार्नुभएकाे थियाे । नेपाली भाषाकाे प्रवर्द्धन र विकासमा देवकाेटाले पुर्याएकाे याेगदान भुल्न नहुने स्पष्ट पार्नुभयाे । उनकाे लेखाइ स्पष्ट, सरलका साथै देवकाेटाकाे अत्यन्तै द्रुत गतिकाे लेखाईका कारण अस्पष्ट पनि भेटिने उहाँकाे भनाई थियाे ।
कार्यक्रममा मेचीनगर प्रमुख गाेपालचन्द्र बुढाथाेकी, उपप्रमुख मीना पाेखरेल उप्रेतीलगायत विभिन्न साहित्यकारहरूले देवकाेटा र नेपाली भाषा र साहित्यका बारेमा आ आफ्नाे धारणा राख्नुभएकाे थियाे । कार्यक्रमकाे सञ्चालन मदन अधिकारीले गर्नुभएकाे थियाे ।
