१२ मंसिर २०८३ ☀️ २२°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

दशैँ यात्रालाई सहज बनाउने उपाय: मोशन सिकनेस र वाकवाकीबाट कसरी बच्ने?

लामो सार्वजनिक बिदामा गाउँ वा घुमघटTheमा निस्कँदै हुनुहुन्छ भने यात्राका दौरान हुने रिँगटा र वाकवाकीको समस्याबाट बच्न अपनाउन सकिन्छ यी उपायहरू।

सेयर:

लामो सार्वजनिक बिदामा गाउँ वा घुमघटTheमा निस्कँदै हुनुहुन्छ भने यात्राका दौरान हुने रिँगटा र वाकवाकीको समस्याबाट बच्न अपनाउन सकिन्छ यी उपायहरू।

📌 मुख्य बुँदाहरू:

  • दशैँको लामो बिदामा परिवार भेटघाट तथा घुमघटTheका लागि यात्रा गर्नेहरूको संख्या बढेको छ।
  • सवारी साधनमा यात्रा गर्दा रिँगटा र वाकवाकी लाग्ने समस्यालाई 'मोशन सिकनेस' भनिन्छ।
  • अगाडि वा झ्यालपट्टिको सिटमा बसेर बाहिर हेर्ने तथा हलुका खानेकुरा खाएमा यो समस्या कम गर्न सकिन्छ।

दशैँको लामो सार्वजनिक बिदा सुरु भएसँगै परिवार र आफन्त भेटघाटका लागि गाउँ जाने वा घुम्न निस्कनेहरूको चहलपहल बढेको छ। तर, लामो यात्रा सबैका लागि एकसमान सहज नहुन सक्छ।

कतिपय मानिसहरूलाई यात्रामा निस्कनुअघि नै मनोवैज्ञानिक दबाब पर्ने तथा सवारी साधनमा चढ्दा रिँगटा र वाकवाकी लाग्ने 'मोशन सिकनेस' को समस्या हुने गर्छ। जेनरल फिजिशियन डा. अच्युतभक्त आचार्यका अनुसार यो कुनै रोग नभए पनि यसका विभिन्न रोकथामका उपायहरू उपलब्ध छन्।

मोशन सिकनेसको कारण र समाधान

डा. आचार्यका अनुसार यात्राका क्रममा कानको भित्री भाग, मस्तिष्क र आँखाको तालमेल नमिल्दा मोशन सिकनेसको समस्या उत्पन्न हुन्छ। यसलाई सामान्य सावधानी अपनाएर कम गर्न सकिन्छ।

गाडीमा यात्रा गर्दा अलि अगाडिको सिट वा झ्यालपट्टिको सिटमा बस्नुपर्ने उनको सुझाव छ। यात्राका दौरान मोबाइल चलाउने वा पुस्तक पढ्नेभन्दा पनि बाहिरका दृश्य हेरेर बस्नु उपयुक्त हुन्छ। साथै, यात्राअघि वा यात्रामा निस्कँदा हलुका र नरम खानेकुरा खाएमा वाकवाकी र बान्ता हुने समस्याबाट बच्न सकिन्छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।