१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा जजीरा एयरसँग चरा ठोक्कियो, उडान हुन सकेन

सेयर:

९ जेठ, भैरहवा : गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा अवतरण गर्ने क्रममा जजीरा एयरलाईन्ससंग चरा ठोक्किएको छ । चरा ठोक्किए संगै सावधानी अपनाउदै राती नै फिर्ता जानु पर्ने जजीराले अहिले सम्म उडान गरेको छैन । जजीरा एयरलाईन्सको जहाज अहिले सम्म बिमानस्थलमै रहेको बिमानस्थलले जानकारी दिएको छ ।

गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार हवाई जहाजको बाहिरी भागमा रगत देखिन्छ तर रनवेमा कतै चरा देखिन्न । “पाईलटहरुले अवतरणको क्रममा चरासंग ठोक्किएको आशंका गरेका छन । तर रनवेमा देखिनु पर्ने चरा देखिएन ।” साहले भने “चरा कतै ईन्जिनमा त गएन भनेर जहाज यहि होल्ड भएको छ ।”

१ सय २१ जना यात्रु बोकेर आएको जजीरा एयरलाईन्स राती पौने २ बजे चरासंग ठोकिए पनि सबै सकुशल रहेका छन । काठमाण्डौंबाट प्राविधिक आएर ईन्जिनको चेकजाँच गरे पछि मात्र जजीराले यहाबाट उडान भर्न सक्ने साहले जनाए ।

जेठ २ गते देखी गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा नियमित उडान गरिरहेको जजीरा एयरलाईन्सले साताको ३ उडान गरिरहेको छ । सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको जजीराले निकट भविष्यमा दैनिक उडानको तयारी समेत गरेको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।