१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

जहाज दुर्घटना: मृतकको शव परिवारको जिम्मा लगाइँदै

सेयर:

१९ जेठ, काठमाडौँ : पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज दुर्घटनामा मृत्यु भएका २२ जनाको शव आज परिवारको जिम्मा लगाइँदै छ।

जेठ १५ गते बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। जहाजमा सवार १९ यात्रु र तीन जना चालक दलका सदस्यको मृत्यु भएको थियो।

यार्सागुम्बा खोज्न गएका स्थानीय बासिन्दाले दुर्घटनाग्रस्त अवस्थामा जहाज देखेका थिए। उनीहरुले स्थानीय प्रशासनलाई खबर गरेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजबिन गरेको थियो।

दुर्घटनामा सबै यात्रु र चालक दलका सदस्यको मृत्यु भएको थियो। उनीहरुको शव सुरक्षाकर्मीले पोखरा हुँदै काठमाडौं ल्याएका थिए।

सबै जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको छ। बुधबार पोस्टमार्टम गरिएको र आज शव आफन्तको जिम्मा लगाइने भएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।