१३ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

झापाको बिर्तामोडमा मोटरसाइकल दुर्घटना : २ को मृत्यु, २ घाइते

सेयर:

बिर्तामोड — झापाको बिर्तामोडमा बुधबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् ।

बिर्तामोड नगरपालिका-६ गिरीबन्धु चिया बगानस्थित पूर्वपश्चिम लोकमार्गमा बिहान ११ : ४० बजे दुई वटा मोटरसाइकल आपसमा ठोक्किएका थिए । आपसमा ठोक्किएर अनियन्त्रित भएको एउटा मोटरसाइकललाई ट्रक र स्कारपियोले समेत ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

पूर्वतर्फ जाँदै गरेको मे २ प ४८४७ र पश्चिमतर्फ आउँदै गरेको अनटेष्ट मोटरसाइकल आपसमा ठोक्किएका थिए । ठोक्किएर अनियन्त्रित भएको ४८४७ नम्बरको मोटरसाइकललाई पछाडिबाट आउँदै गरेको ना ६ ख ३३५० र को १ च ९३१७ नम्बरको स्कारपियोले ठक्कर दिएको थियो ।

दुर्घटनामा परी उक्त मोटरसाइकलका चालक बुद्धशान्ति गाउँपालिका-३ का २४ वर्षीय कुशल लिम्बू र पछाडी सवार ११ वर्षीय दिप्सन कँडेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा ४८४७ नम्बरको मोटरसाइकल पछाडि सवार मृतक बालक कँडेलकी आमा ३९ वर्षीया सावित्रा र अनटेष्ट मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका-११ का २२ वर्षीय गगन तामाङ घाइते भएका छन् । कँडेल आमा–छोरा लिफ्ट मागेर लिम्बूको मोटरसाइकलमा चढेका थिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।