१९ जेठ, बुधबारे : बुद्धशान्ति ३ स्थित सयपत्री चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। चोकको उत्तरबाट दक्षिण तर्फ जादै गरेको प्रदेश १-०१-०१४ प १७६५ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको पैदल यात्री वर्ष ६५ को बलबहादुर बस्नेतलाई ठक्कर दिंदा उनकाे टाउको र अनुहारमा चोट लागेकाे थियाे ।
तत्काल बोल्न नसक्ने गम्भीर अवस्थामा रहेका उनलाई उपचारको लागि बिर्तामोड स्थित बि.एण्ड सी. हस्पिटलमा लैजादा गर्दै मृत्यु भएकाे हाे । मोटरसाइकल चालक गौरादह ४ का वर्ष ३० को सन्देश तुम्बापो प्रहरीको नियन्त्रणमा छन् ।