१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

चितवनमा सातवटा सवारी साधन ठोक्किँदा २० घाइते

सेयर:

३१ साउन, चितवन : भरतपुर महानगरपालिका–९ टिकौलीको जंगलमा बिहीबार शव बोकेको जिपसहित सात वटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा २० जना घाइते भएका छन्। तीमध्ये सात जनाको अवस्था गम्भीर छ।

चितवन प्रहरीका अनुसार बिहान ११:४० बजेतिर अक्सफोर्ड कलेजको बसले विपरीत दिशामा रहेको शव बोकेको बोलेरो जिपलाई ठक्कर दिएपछि अनियन्त्रित हुँदा थप पाँच वटा मोटरसाइकल पनि ठोक्किएपछि ठूलो दुर्घटना भइको हो।

प्रहरीले अक्सफोर्ड कलेज बसका चालक नवलपुरको गैंडाकोट नगरपालिका–९ बस्ने २६ वर्षीय आशिष परियारलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा चितवनको खैरहनी नगरपालिका ४ का अन्दाजी ६० वर्षीय कृष्ण बहादुर तामाङ, खैरहनी–१ का ८२ वर्षीय जितबहादुर तामाङ, रत्ननगर नगरपालिका–१४ का कुसुमबहादुर राना, रत्ननगर–९ का किशोर तामाङ, रत्ननगर–१४ का डोलबहादुर कार्की, ३८ वर्षीय सुरेश श्रेष्ठ र हेटौंडा उपमहानगरपालिका–१४ का मोहन तामाङको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।