१२ मंसिर २०८३ ☀️ २२°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

आगलागी अपडेट : झापाको मेचीनगरमा आगलागीबाट एकजनाको मृत्यू नाबालिकासहित १२ जना घाइते

सेयर:

२२ पुस, मेचीनगर : झापाको मेचीनगर नगरपालिका —७ मा बुधबार राति भएको आगलागीको घटनामा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आगलागीका कारण कतिको क्षति भयो घरधनी नभएका कारण सो वारे स्थानीय प्रशासनले केही बताउन सकेको छैन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार मेचीनगर —७ पिपल चौकका केशव पाठकको घरमा राति ९ बजेर २० मिनेटमा भएको आगलागी नियन्त्रणका क्रममा घरमा रहेको खाना पकाउने ग्यास पड्किएर थुप्रै घाइते भएका थिए । घाइते मध्ये झापा मेचीनगर —८ बस्ने वर्ष ४५ को शारद राजवंशीको उपचारका क्रममा मृत्यु भएको छ । उपचारका लागि धुलावारीमा रहेको एञ्जल मेडिकलमा पुर्याए पनि उनको मृत्यु भएको स्थानीय प्रशासनले बताएको छ ।

टिनको छानो र चित्राको बेरा भएको एकतले घरमा रामेछाप घर भएका कुमार पाण्डे भाडामा बस्दैं आउका थिए । घटना भएका बखत घरमा कोहि पनि नभएका कारण आगलागीका कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहालले बताउनुभयो । आगो झण्डै एकघण्टा पछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, मेचीनगर नगरपालिकाको वारुणयन्त्र, स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहालको कमाण्डमा २४ जनाको टोली खटिएको थियो ।

घटनामा परेर घाइते भएकाहरु मेचीनगर —८ का ४० वर्षीय लेखनाथ तिमल्सिना बिर्तामोड— ९ का २९ वर्षीय गोविन्दप्रसाद राजवंशी, मेचीनगर—७ का ३२ वर्षीय दिपेन्द्र कार्की, मेचीनगर —७ का ३८ वर्षीय चन्दन गौतम, मेचीनगर —७ का ४० वर्षीय सुबलाल राजवंशी, ३५ वर्षीय विनोद गिरी, ३५ वर्षीय नवराज श्रेष्ठ, २३ वर्षीय सन्देश बोहोरा,४० वर्षीय भवानी शंकर न्यौपाने, मेचीनगर —८ का ३४ वर्षीय हरि विक, ३६ वर्षीय निर्मल शर्मा छन् । सवैको विर्तिामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । सवैको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ । मेचीनगर— ८ का अर्जुन अधिकारीकी छोरी ८ वर्षीया सुशीला अधिकारीको भने स्थानीय साइ सुमिरन मेडिकल हल ईटाभट्टामा उपचार भएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।