१२ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

दुर्गा प्रसाईलाई नेपाल ल्याउने हल्लासँगै काँकरभिट्टा नाकामा सुरक्षा व्यवस्था कडा

सेयर:

२९ चैत, मेचीनगर : चैत्र १५ गते तीनकुने घटनापछि फरार रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई आज नेपाल ल्याउने हल्ला भएसँगै काँकरभिट्टा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ भने बाक्लोरुपमा सुरक्षाकर्मी परिचालिन गरिएको छ । ।

उनले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको फेसबुकमा उल्लेख गरलगत्तै अब नेपाल ल्याउने चर्चा शूरु भएको थियो । उनलाई नेपालतर्फ ल्याउनका लागि उनका उनका समर्थक र आफ्‌न्त तथा केही सञ्चारकर्मी भारततर्फ लागेको स्थानीय प्रशासनले जनाएको छ ।

अहिले नेपाल प्रवेशको पहिलो द्वार काँकरभिट्टामा सशस्त्र , जनपथसहित केही सादा पोशाकका प्रहरी निक्कै बाक्लो उपस्थित रहेको बताइएको छ । ‘अन्य दिनको तुलनामा आज विहानै देखि यहाँ सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति छ । एकजना स्थानीयको भनाई ।

केही कानून व्यवसायी र मानवअधिकारकर्मीहरुसमेत काँकरभिट्टा नाकमा पुगेका छन् । यहि नाका भएर उनलाई ल्याउने सम्भावना कम भएको एकजना प्रहरी अनुसन्धान अधिकृतको भनाई छ ।

उनको खोजी कार्य नेपाल प्रहरीले गरिरहँदा उनले भने बिहीबार भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको हल्ला चलेको थियो । भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याइँदै गरेको चर्चा समेत अहिले बाक्लोरुपमा सुनिन् थालिएको छ ।

आसाम प्रहरीले पूर्वी नाका काँकरभिट्टा नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको भएपनि त्यहाँ उनका समर्थकको भीड रहेका कारण सुरक्षा संयन्त्रलाई मध्यनजर गर्दै भद्रपुर विमानस्थल मार्फत काठमाडौं ल्याउने तयारी भइरहेको सुरक्षा स्रोतले जनाएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।