१२ मंसिर २०८३ 🌫️ १७°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

सुनचाँदी खरिद-बिक्रीमा अब डिजिटल भुक्तानी

सेयर:

१७ साउन, काठमाडौं : सुन चाँदी खरिद तथा बिक्रीमा अबदेखि डिजिटल प्रणालीमा आधारित भुक्तानी गर्न सकिने भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपालवीच भुक्तानी सेवा सम्वन्धी सम्झौता भएपछि डिजिटल भुक्तानी सम्भव भएको हो ।

आइतबार महासंघका अध्यक्ष माणिक रत्न शाक्य र गेटवे पेमेण्ट नेपालका सल्लाहकार अशोक कृष्ण श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । दुई संस्थाबीच भएकोे सम्झौतापछि सुनचाँदी ब्यवसायीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बिक्री गर्ने गरगहनाको भुक्तानी डिजिटल प्रणाली मार्फत लिन सक्नेछन् महासंघले जनाएको छ ।

सम्झौता पश्चात अव सुनचाँदीका गरगहनाको खरिद पश्चात अनलाइन बैंकिङ, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ, वालेट एवं डोमेस्टिक तथा इन्टरनेशनल कार्डहरु मार्फत रकम भुक्तानी गर्न थप सहज हुने र यसले उपभोक्ता तथा ब्यवसायी दुवैलाई फाइदा पुग्ने महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताए ।

गेटवे पेमेण्ट नेपालका सल्लाहकार श्रेष्ठले प्रविधिले व्यापार ब्यवसाय गर्न थप सहज हुने र यसले व्यवसायीहरुलाई आत्मनिर्भर वनाउन सघाउने बताए ।

अनलाइनखबरबाट

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।