१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

एक अर्ब २६ करोड लगानी गर्दै राष्ट्र बैङ्क

सेयर:

२५ साउन , काठमाण्डौं : राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपका रूपमा नेपाल राष्ट्र बैङ्कले एक अर्ब २६ करोड बराबरको रकम लगानी गर्ने भएको छ ।
राष्ट्र बैङ्कका कर्मचारी सुरक्षण कोष/उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागिएको हो । तोकिएको सर्त पूरा गरेका बैङ्क तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गर्दै राष्ट्र बैङ्कले आइतबार सूचनामार्फत सिलबन्दी प्रस्ताव पेस गर्न आह्वान गरेको छ । राष्ट्र बैङ्कले २०७८ भदौ १ देखि २०७९ भदौ १ गतेसम्म उक्त परिमाणको रकम मुद्दती खातामा राख्न चाहेको हो ।
मुद्दती निक्षेपका लागि ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीलाई छ करोड ३० लाख रुपियाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैङ्कमा १८ करोड ९० लाख र ‘क’ वर्गका वाणिज्य बैङ्कमा एक अर्ब ८० लाख रुपियाँ लगानी गर्ने उद्देश्यले प्रस्ताव आह्वान गरिएको सूचनामा उल्लेख छ ।
बैङ्क तथा वित्तीय संस्थाहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई साउन २६ गते ५ बजेभित्र पेस गर्नुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।

गोरखापत्र अनलाइनबाट

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।