१२ मंसिर २०८३ 🌫️ १७°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

इजरायल जानेको अन्तिम नतिजा सार्वजनिक

सेयर:

२६ असोज, काठमाडौँ : इजरायलमा सुसारे (केयरगिभर)मा जानेको अन्तिम नतिजा सार्वजनिक भएको छ । भाषा परीक्षा उत्तीर्ण गरेर प्रतीक्षामा रहेकाको वैदेशिक रोजगार विभागको अन्तर्वार्ताबाट छनोट भई इजरायल सरकारतर्फबाट गोलाप्रथा प्रणालीमार्फत एक हजार १७५ जना छनोट भएका हुन् ।
नेपालबाट विभिन्न चरण पार गरी एक हजार छ सय नेपालीलाई सूचीकृत गरिएकोमा त्यो सङ्ख्याका श्रमिक गोलाप्रथाबाट छानिएका हुन् । विभागका अनुसार छनोटमा परेकामध्ये सिफारिसमा परेकालाई इजरायल सरकारले कम्प्युटर प्रणालीमार्फत ८२१ महिला (७० प्रतिशत) रहेका छन् भने र ३५४ पुुरुष (३० प्रतिशत) छनोट परेका छन् ।
सूचीकृतहरूको छनोट इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथा प्रणालीमार्फत भएको थियो । अभौतिक रूपमा गरिएको उक्त छनोट कार्यक्रममा वैदेशिक रोजगार विभागलगायत अन्य केही सरोकारवालाको पनि सहभागिता रहेको थियो ।
छनोटमा परेका व्यक्तिले अब मेडिकल परीक्षण र प्रहरी रिपोर्ट लिनुपर्नेछ भने उक्त प्रक्रियामा अनुुत्र्तीण भएमा इजरायल जान पाइँदैन । यो प्रक्रिया नेपाल सरकार र इजरायल सरकारबीच जीटुजी मोडलबाट भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते सम्पन्न श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन सुसारे (केयरगिभर)का लागि नेपाली सहायक श्रमिक पठाउन लागेको हो ।
इजरायल रोजगारीमा जानेहरूले एक वर्षको करार अवधिका लागि जाने भए पनि पाँच वर्षसम्म भिसा थप गरेर काम गर्न सक्छन् । इजरायल जान लाग्ने लागत अनुमानित एक लाख ६५ हजार सात सय रुपियाँ लाग्नेछ भने इजरायल गएकाले मासिक तलब झन्डै दुई लाख हुनेछ ।
विभागका महानिर्देशक दीपक काफ्लेले नेपाली श्रमिक इजरालयमा पठाउने प्रतिक्रियालाई सुकेसम्म स्वस्थ प्रतिस्पर्धी बनाउन विभागले भरपुर काम गरेको र अब पनि गर्ने बताउनुुभयो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।