१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

विनियोजन विधेयक २०७९/८० पारित

सेयर:

२० जेठ, काठमाडौँ : प्रतिनिधिसभाको आज (शुक्रबार) को बैठकमा बहुमतले विनियोजन विधेयक २०७९/८० पारित भएको छ।

सोमबार प्रतिनिधिसभामा जारी बजेटको नीति तथा कार्यक्रम, विनियोजन बजेटको विधेयक निरन्तरकाे छलफलपछि आज बहुमतले पारित भएकाे हाे। याेसँगै आर्थिक वर्ष २०७९/८० को बजेट पास भएको छ।

यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि अनुमानित आय व्ययसहितको कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए। मंगलबारदेखि शुक्रबारसम्म त्यसमाथि छलफल भएको थियो।

विनियोजन विधेयक पारित हुनुअघि वार्षिक अनुमान (बजेट) माथि उठेका प्रश्नहरुको अर्थमन्त्री जनार्दन शर्माले उत्तर दिएका थिए।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।