१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

एनएमसीको एटीएम शुरु

सेयर:

मेचीनगर, १ माघ | झापामा पहिलोपल्ट नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले एटीएम सञ्चालनमा ल्याएको छ । विहिबार मेचीनगरका प्रमुख बिमल आचार्यको उपस्थितिमा पत्रकार सम्मेलनको आयोजना गरी एक समारोहबीच एटीएम सेवाको उद्घाटन गरिएको हो । मेचीनगर प्रमुख आचार्यले प्रधान कार्यालय काँकरभिट्टामा रहेको एटीएम मेसिनको उद्घाटन गर्नुभएको हो ।

काँकरभिट्टामा प्रधान कार्यालय रहेको एनएमसीले जिल्लास्थित ५ वटा सेवा केन्द्रमा एटीएम मेसिन राखेर गत सातादेखि सेवा सुरु गरेको बताइएको छ । पत्रकार सम्मेलनमा बोल्दैं संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले काउन्टरको भीडभाड कम गर्न र सदस्यलाई नयाँ प्रविधियुक्त बैङ्किङ सुविधा पुर्याउन संस्थाले सेवा सुरु गरेको जानकारी दिनुभयो ।

एटीएम सेवा र संस्थाको प्रगतिका बारेमा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले पत्रकारहरुलाई जानकारी दिनुभयो । उद्घाटन अवसरमा मेचीनगरकी उपप्रमुख मीना उप्रेतीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहकारीका बैङ्किङ व्यवसाय समिति सदस्य राजु उप्रेतीले स्वागत मन्तब्व ब्यक्त गर्नुभएको थियो ।

बैङ्किङ व्यवसायको प्रशासन प्रमख मनिष कोइरालाले एससीटी र युपीआई नेटवर्कमा समेटिएको एटीएम प्रयोग गरिएको जानकारी दिनुभयो । सो अवसरमा मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले एनएमसीको नयाँ प्रविधियुक्त सेवा सुरुवातका लागि शुभकामना सो अवसरमा मेचीनगरका प्रमुख बिमल आचार्य र उपप्रमुख मीना उप्रेतीले एनएमसीको नयाँ प्रविधियुक्त सेवा सुरुवातका लागि शुभकामना व्यक्त गर्नुभयो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।