११ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

एकवर्षमा १४ हजार बढिले लिए व्यक्तिगत पान, सवैभन्दा बढि आयकरतर्फ ४६ हजार नौसय २६ जना

सेयर:

१७ साउन, मेचीनगर : पछिल्लो समय पारिश्रमिक भुक्तानीसहितमा पान नम्बर अनिवार्य गरिएसँगै व्यत्तिगतm स्थायी लेखा नम्बर ‐पान ) लिनेहरुको संख्या उल्लेख्य बढेको छ । गत आर्थिक वर्ष २०८०÷०८१ मा आन्तरिक राजस्व कार्यालय भद्रपुरबाट १४ हजार सात सय जनाले व्यक्तिगत पान नम्बर लिएका छन् ।

यो सँगै यस कार्यालयबाट व्यक्तिगत स्थायी लेखा नम्बर ‐पान) लिनेको संख्या कुल ९६ हजार चार १५ जना पुगेको कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९÷८० सम्ममा ८१ हजार सात सय १५ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर ‐ पान) लिएका थिए । एक वर्षमा भद्रपुरबाट व्यक्तिगत पान लिने १४ हजार सातसय जना थपिएका छन् ।

प्रमुख कर अधिकृत काफ्लले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०८०÷०८१ मा आयकर, मूल्य अभिवृद्धि कर भ्याट, अन्तशुल्क, अग्रिम कर कट्टी र व्यक्तिगत पान लिने १९ हजार छ सय ६२ जना नयाँ करदाता थपिएका छन् । आर्थिक वर्ष २०७९÷८० सम्म यो संख्या एकलाख ३८ हजार चार सय ३६ रहेको थियो । एकवर्षमा नयाँ थपिएका करदातासहित कुल एकलाख ५३ हजार नौसय ३९ जना यस कार्यालयसँग करदाता रहेको कार्यालयको अभिलेखले देखाएको छ ।

गत आवमा अग्रिम कर कट्टी गर्ने २२ वटा निकायले मात्र स्थायी लेखा नम्बर लिएका छन् । यो संख्या आर्थिक वर्ष २०७९÷०८० सम्म तीन सय १४ रहेकोमा थपिएका सहित यो संख्या तीन सय ३६ रहेको कार्यालय प्रमुख काफ्लेले जानकारी दिनुभयो । उता, मूल्य अभिवृद्धि कर (मूअक) तर्फ दर्ता हुने करदाताको संख्या छ हजार तीन सय ३३ पुगेको छ । एक वर्षमा चार सय ३६ जना मूल्य अभिवृद्धि कर (मूअक) तर्पm दर्ता भएका छन् । आर्थिक वर्ष २०७९÷०८० सम्म यो संख्या पाच हजार आठसय ९७ रहेको कार्यालयको अभिलेखले पुष्टि गरेको छ ।

अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या भने तीन हजार नौसय २९ पुगेको छ । गत आर्थिक वर्षमा एकसय ९६ करदाता अन्तःशुल्कमा दर्ता भएको कार्यालयले जनाएको छ । सवैभन्दा बढि आयकरतर्फ ४६ हजार नौसय २६ जना करदाता रहेका छन् । गत आर्थिक वर्ष २०८०÷०८१ मा थपिएका कुल दुई हजार दुईसय २८ र यस आर्थिक वर्षअघि सम्मका कुल ४४ हजार छ सय ९८ सहित आन्तरिक राजस्व कार्यालय भद्रपुरमा आयकरतर्फ ४६ हजार नौसय २६ जना करदाता पुगेको बताइएको छ ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरको कार्यक्षेत्र अन्तर्गत झापाका मेचीनगर, भद्रपुर, विर्तामोड, कन्काई र अर्जुनधारा नगरपालिका र बाह्दशी, बुद्धशान्ति, कचनकवल, झापा र हल्दीबारी गाउँ पालिका रहेका छन् । कोशी प्रदेशका झापा, इलाम, पाचथर र ताप्लेजुङ्गगरी चारवटा जिल्लाका ठूला करदाताहरुलाई भद्रपुर कार्यालयले सेवा प्रवाह गर्ने गरेको छ ।

यद्यपी करदाताको सुविधाका लागि यसै कार्यालयको मातहतमा रहने गरी प्रत्येक जिल्लामा करदाता सेवा कार्यालय रहेका छन् । करचुक्ता प्रमाण पत्र प्रदान गर्ने, विभिन्न प्रकारका कर संकलन गर्नेलगायतका काम सेवा केन्द्रले गरे पनि ठूल्ठूला मुद्धा मामिला आए आन्तरिक राजस्व कार्यालय भद्रपुरले हेर्ने प्रमुख कर अधिकृत काफ्लेको भनाई छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लक्ष्मी उप्रेती

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।