१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्नुहुने

सेयर:

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्नुहुने भएको छ। बजेट भाषणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले आज अपराह्न चार बजे सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भयो ।

बजेटमा सरकारको प्राथमिकता, नीति तथा कार्यक्रम लगायत विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने थापाले बताउनु भयो । सरकारले भोलि अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गर्दैछ ।

संविधानअनुसार सरकारले हरेक जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने गरेको छ ।

स्रोतका अनुसार अर्थमन्त्रालयले १६ खर्ब आसपासको बजेटको प्रारुप तयार पारेको छ, जसमा अधिकांश कार्यक्रम कोभिडकेन्द्रित हुनेछन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।