१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

पेट्रोल ,डिजेल र मट्टीतेलको मूल्य फेरि बढ्यो

सेयर:

काठमाडौं । नेपाल आयल निगमले असार १० गते बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ। गत जेठमा मात्रै मूल्यवृद्धि गरेको सरकारले बढेको मूल्यमा कारोबार हुन थालेको एक महिना नपुग्दै फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो।

बढेको मूल्यअनुसार अब पेट्रोल १२७, डिजल ११० र मट्टितेलको मूल्य ११० रूपैयाँ कायम भएको छ।

नेपाल आयल निगमका अनुसार यसअघि कायम भएको पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा २ रूपैयाँ बढाइएको छ। आन्तरिक हवाईको इन्धनमा पनि २ रूपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ।

गत जेठ २२ मा मात्र आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र आन्तरिक हवाई इन्धनमा साबिकको मूल्यमा २ रूपैयाँ बढाएको थियो।

भारतीय अयल कर्पोरेशनबाट मूल्य बढेर आएकाले सोहीअनुसार नेपालमा समायोजन गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।