१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

उद्योग वाणिज्य महासङ्घ प्रदेश १ को अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित

सेयर:

उपाध्यक्षमा भीमबहादुर पौडेल र राजेन्द्र राउत निर्विरोध निर्वाचित

विर्तामोड । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ को अध्यक्षमा टीकाप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्षमा दाबेदारी प्रस्तुत गर्दै आएका उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेपछि हटेपछि ढकाल निर्विरोध निर्वाचित भएका हुन् ।

मंगलबार झापाको बिर्तामोडमा भएको तेस्रो साधारणसभाले नयाँ नेतृत्व निर्विरोध निर्वाचित गरेको महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी श्यामले जानकारी दिए ।

नयाँ कार्यकारिणी समितिको उपाध्यक्षमा भीमबहादुर पौडेल र राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । पौडेल जिल्ला नगर तर्फ उपाध्यक्षमा निर्विरोध निर्वाचित हुँदा राउत एसोसिएट तर्फबाट निर्विरोध भएका हुन् । यस अघि पनि उपाध्यक्ष रहेका राउत उद्योग वाणिज्य महासङ्घकाे केन्द्रीय सदस्य पनि हुन् । कोषाध्यक्षमा रमेशकुमार राठी पनि निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला नगरसदस्य तर्फ युवराज शाक्य, कुमार भट्टराई, भुपालराज कटवाल, विरेन्द्रकुमार साह र प्रितम खड्गी निर्विरोध निर्वाचित भएका छन् । एसोसिएट सदस्य तर्फ सुवास आचार्य र राजन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । बस्तुगत तर्फ रविनकुमार दाहाल र श्रवणकुमार अग्रवाल पनि निर्विरोध भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशमा जिल्ला नगर तर्फ पाँचजना, एशोसिएट र बस्तुगत तर्फबाट २–२ जना सदस्य रहने प्रावधान छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ मा २ सय २९ सदस्य छन् । जसमा एशोसिएट सदस्य १ सय ८०, वस्तुगत सदस्य १३ र १४ जिल्लाका जिल्ला नगर उद्योग वाणिज्य सङ्घका ३६ गरेर जम्मा २ सय २९ सदस्य छन् ।

( कोशी अनलानबाट )

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।