१२ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

” सरकारले तोकेअनुसार धानको मूल्य पाएनौँ ” – कृषक

सेयर:

काँकरभिट्टा, २४ मङ्सिर । सरकारले पहिलोपटक बाली लगाउनुअघि कृषिबालीको समर्थन मूल्य तोक्ने परम्परा बसाले पनि कृषकले सहि मूल्य नपाएको गुनासो गरेका छन् ।

सरकारले किसानलाई प्रोत्साहन गर्न र व्यावसायिक बनाउन बाली लगाउनुअघि नै न्यूनतम मूल्य तोकिएको जानकारी दिएको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र विज्ञ टोलीले प्रस्ताव गरेको मूल्यअनुसार यस वर्ष लगाइने मध्यम धानको मूल्य प्रतिक्वीन्टल रू.२ हजार ८ सय ८५ र मोटा धानको मूल्य रू.२ हजार ७ सय ३५ तोकिएको मन्त्रालयले जानकारी दिएको थियो ।

यसबारेमा अर्जुनधारा नगरपालिका -८ का कृषक गजलाल चम्लागाइँले “सरकारले धानको मूल्य तोकेर के गर्नु , हामीले व्यापारीको मूल्यमा दिनुपर्छ” भन्ने गुनासो मेरो मेचीनगरसँग पोखेका छन् । वास्तवमा सङ्घ सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य नै किसानको श्रम, समय र लागतभन्दा कम छ । सरकारले तोकेको भन्दा ४/५ सय कममा व्यापारीले किसानबाट धान खरिद गरिरहेका छन् ।

बजार मूल्यअनुसार धान किन्ने गरेको कचन कवल गाउँपालिका -१ का धान व्यवसायी बिष्णु प्रसाद अधिकारीले मेरो मेचीनगरलाई बताए । ‘बजारमा जसरी धान बिक्री हुन्छ, त्यहीँ अुनसार किन्छौँ । सरकारको मूल्यसँग त मतलब छैन’, उनले भने ।

स्थानीयस्तरमा किसानले सर्ना, राधा बाह्र, रञ्जित, कान्छी मुन्सुली, ठूलो मुन्सुली आदि धान बिक्रीका लागि ल्याउने गरेको उनले बताए । “धानको गुणस्तर हेरेर २४ सयदेखि २६ सय प्रतिक्विन्टलसम्म धानको मूल्य रहेको छ ” उनले भने ।

धानको मूल्य भने घटबढ भइरहने व्यापारी बताउँछन् । मोटा धानको बजार मूल्य भने २ हजार २ सय प्रतिक्विटल छ । धान भण्डारण गरेर मूल्य बढेपछि बेच्न किसानलाई कठिन हुन्छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।