१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

इटहरीमा टोल विकास संस्थाहरूलाई आर्थिक कारोबार गर्न रोक

सेयर:

इटहरी ।इटहरी उपमहानगरपालिकाले टोल विकास संस्थाहरूलाई आर्थिक कारोबार गर्न रोक लगाएको छ ।

आर्थिक पारदर्शिताको गुनासो आएको भन्दै उपमहानगरपालिकाले टोल विकास संस्थाहरूलाई बचत तथा ऋणसम्बन्धी कारोबार गर्न रोक लगाएको हो ।

सामाजिक कार्य गर्ने टोल विकास संस्थाहरू बचत तथा ऋणको कारोबार गर्दै सहकारी बन्न खोजेको भन्दै उपमहानगरले आर्थिक कारोबार गर्न प्रतिबन्ध लगाएको जनाएको छ ।

इटहरीका २० वटै वडाका सबै टोल विकास संस्थाहरूले बचत तथा ऋणको कारोबार गर्दै आएको बुझिएको थियो ।

उपमहानगरले सोमबार वडा कार्यालयमार्फत सम्पूर्ण टोल विकास संस्थाहरूलाई परिपत्र जारी गर्दै बचत तथा ऋणसम्बन्धी कुनै पनि आर्थिक कारोबार नगर्न, नगराउन भनेको प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताए ।

१३ औं नगरसभाबाट टोल विकाससँग सम्बन्धित नयाँ नीति तथा कार्यक्रम अवलम्बन गरिएकोले बचत तथा ऋणको कारोबार गर्दै आएका टोल विकास संस्थाहरूलाई अबउप्रान्त कारोबार नगर्न–नगराउन आग्रह गरेको मेहताले जनाए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।