१२ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नेपाल बैङ्कको अध्यक्षमा अर्याल

सेयर:

११ भाद्र, काठमाण्डौं : नेपाल बैङ्क लिमिटेड सञ्चालक समितिको अध्यक्षमा सुमनराज अर्याल नियुक्त हुनुभएको छ । अर्थ मन्त्रालयका तर्फबाट सञ्चालक पदमा नियुक्त हुनुभएका अर्याललाई बैङ्क सञ्चालक समितिको बिहीबार बसेको बैठकले अध्यक्ष पदमा चयन गरेको हो । उहाँले बिहीबार नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथग्रहण गर्नुभयो ।

सो अवसरमा गभर्नर अधिकारीले नवनियुक्त अध्यक्षको नेतृत्वले बैङ्कलाई थप प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गर्नुभयो । साथै देशमा उद्यमशीलताको विकास र रोजगारी सिर्जनाका लागि पनि बैङ्कको विशेष योगदान रहने बताउनुभयो ।
कार्यक्रममा नवनियुक्त अध्यक्ष अर्यालले आफ्नो कार्यकालमा बैङ्कको श्रीवृद्धि तथा व्यावसायिक विकासमा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।