१३ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

सूर्य नेपाल बन्यो सबैभन्दा ठूलो करदाता, कृषि तर्फ ओसीबी फुड्स प्रालि, आयकर तर्फ नेपाल टेलिकम

सेयर:

७ मंसिर, काठमाडौँ : आन्तरिक राजस्व विभागले सबैभन्दा धेरै अर्थात उत्कृष्ट करदाता घोषणा गरेको छ । विभागले बुधार कर दिवसका दिन पारेर मनाउँदै उत्कृष्ट करदाता सार्वजनिक गर्दैसम्मान गरेको हो । सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सरकारले बिभिन्न १५ वटा विधामा सम्मान गरेको छ ।

विभागले आर्थिक वर्ष २०७७/७८ मा सबै धेरै कर तिर्ने कम्पनी र व्यक्ति सार्वजनिक गरेको हो । जसमा सूर्य नेपालले सबैभन्दा धेरै कर तिरेको छ । आर्थिक वर्ष २०७७/७८ मा व्यक्तिगत आयतर्फ भने विजयकुमार शाहलाई सम्मानित गरेको छ । शाह जावलाखेल डिस्टिलरीका अध्यक्ष समेत हुन् ।

शाहले हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरी सञ्चालन गरिरहेका छन् । सरकारी स्वामीत्व रहेको नेपाल टेलिकम सबैभन्दा धेरै आयकर बुझाउने कम्पनी बनेको छ । शिवशक्ति घ्यु निर्यात तर्फ धेरै कर तिर्ने कम्पनी बनेको छ । भने, राजेश मेटल प्रालि विशेष उद्योग शीर्षकको आयकरदाताका रुपमा सम्मानित भएको छ ।

नबिल बैंक वित्तीय संस्थातर्फमा सबै भन्दा धेरै कर तिरेको छ । ओसीबी फुड्स प्रालि कृषि एवम् पशुपन्छी आयकरदाता बनेको छ । सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर (भ्याट)तिर्ने संस्थामा गोर्खा ब्रुअरीले सम्मान पाएको छ ।

बीमामा नेपाल पुनर्बीमा कम्पनी, स्वास्थ्यतर्फ नोबेल टिचिङ हस्पिटल तथा पर्यटनतर्फ मनकामना केबलकार प्रालिले धेरै कर तिर्ने कम्पनीको सम्मान पाएका छन् ।

आईएमई रेमिट्यान्स कम्पनी धेरै कर तिर्ने रेमिट्यान्ट कम्पनी बनेको छ ।वस्तु व्यापारतर्फ हंसराज हुलास प्रालि, चिलिमे जलविद्युत र नेपाल स्टक एक्सचेन्ज पनि यो सम्मान पाएका हुन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।