१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नेपाल-भारतबीच क्रस बोर्डर क्यूआर भुक्तानीको सुरुवात गर्दै फोनपे र एनआईपीएल

सेयर:

काठमाडौं : नेपालको भुक्तानी सञ्चालक फोनपे र नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाको अन्तर्राष्ट्रिय शाखा एनआईपीएलले नेपाल र भारतबीच पहिलो क्रस बोर्डर क्यूआर भुक्तानी सेवाको सुरुवात गर्ने भएका छन्।

उक्त सेवाका लागि दुवै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेका छन् र प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको छ।

फोनपे, र एनआईपीएलबीचको यस सहकार्यले, दुवै राष्ट्रका लाखौँ नागरिकहरूलाई यी दुई नेटवर्कमा आबद्ध मोबाइल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्यूआर कोडमार्फत सुरक्षित र सह रूपमा भुक्तानी गर्न सहयोग पुग्नेछ।

प्राविधिक एकीकरणको समाप्तिपश्चात् यी दुई कम्पनीहरू आफ्नो नेटवर्कमा आबद्ध सदस्यहरुलाई सेवा प्रदान गर्न सक्षम हुनेछन्, जसको अनुरुप लाखौँ उपभोक्ता र व्यापारीहरूले यस सेवाको लाभ लिन सक्नेछन्।

दुई कम्पनी बीचको यस रणनैतिक साझेदारीले दुवै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिनेछ र अन्तर्राष्ट्रिय बजारमा फराकिलो पहुँचका लागि एउटा प्रमुख पाइलाको रुपमा सावित हुने विश्वास गरिएको छ।

फोनपेका सभापति तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले यस पहलले दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने र समृद्धि एवं विकासलाई बढावा दिने विश्वास व्यक्त गरे। ‘यो उल्लेखनीय प्रक्षेपण, दुवै देशका नागरिकहरूको हितका लागि प्रविधिको प्रयोग गरी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम हो’, उनले भने।

सो अवसरमा एनपीसीआई इन्टरनेशनल पेमेन्ट्सले यस पहलले युपीआई एप्सले सहज क्रस बोर्डर भुक्तानीहरूलाई सक्षम पार्ने र मानिसहरूको कारोबार गर्ने तरिकालाई वृद्धि गर्ने विश्वास व्यक्त गरेको छ।

यो साझेदारीको सुरुवातको कुरा ग्लोबल फिन्टेक फेस्ट २०२३ मा भएको थियो, जहाँ हरेक वर्ष फिन्टेक दूरदर्शीहरू र नवप्रवर्तकहरूको विश्वव्यापी भेटघाट हुने गर्छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।