१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

सुकेटार विमानस्थलको नाम नबदल्न फुङलिङ नगरपालिकाको माग

सेयर:

१७ जेठ, ताप्लेजुङ । फुङलिङ नगरपालिकाले सुकेटार विमानस्थलको नाम परिवर्तन नगर्न सरकारसँग आग्रह गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण प्रस्तुत गर्ने क्रममा सुकेटार विमानस्थललाई स्वर्गीय नेता रवीन्द्र अधिकारीको नामबाट नामकरण गरिएको बताएपछि जिल्लामा विरोध भइरहेको छ ।

सोमबार बिहान बसेको ७०औं कार्यपालिका बैठकले विमानस्थलको नाम सुकेटार नै राख्नुपर्ने निर्णय गरेको ८ नम्बर वडाध्यक्ष पदमसुन्दर पालुङवाले बताए ।

डीपीआरसमेत भएको फुङलिङ–१० र ११ को गोरुजुरेमा निर्माणाधीन रवीन्द्र स्मृति पार्कलाई पूर्णता दिन पनि नगरपालिकाले आग्रह गरेको छ । पहिलो वर्ष फुङलिङ नगरपालिकामार्फत ५० लाख र सहरी विकासमार्फत २० लाख गरी ७० लाख छुट्याएको सरकारले त्यसपछि बजेट विनियोजन गरेको छैन । एमालेको माधव नेपाल समूहसहित जिल्लाका ७ राजनीतिक दलले नाम परिवर्तन नगर्न भन्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

नाम परिवर्तनको विषयले एमालेको ओली समूहका नेता पनि दबाबमा परेका छन् । ओली समूहका एक नेताले भने, ‘हाम्रा जिल्ला अध्यक्ष भूपेन्द्र दाइ विभागीय मन्त्री भानुभक्त ढकालदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई सम्पर्क गर्दै हुनुहुन्छ ।’ आफू स्वयंले पनि नेताहरूसँग कुरा गरिरहेको उनले बताए । ऐतिहासिक थातथलोको विषयमा कसको चाहनामा यसरी निर्णय भयो भन्नेमा आफू अचम्ममा परेको उनको भनाइ छ ।

इकान्तिपुरबाट आनन्द गौतमको समाचार

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।