१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

शेयर बजारमा नयाँ रेकर्ड : नेप्से परिसूचकमा गिरावट आएपनि अहिले सम्मकै धेरै कारोबार

सेयर:

१३ जेठ, काठमाडौं । नेप्से परिसूचकमा आज सामान्य अंकले गिरावट आएको छ । तर, कारोबार रकम भने अहिलेसम्मकै धेरै छ । यसैगरी आज शेयर किनबेच संख्या पनि अहिलेसम्मकै बढी भएको छ ।

आज १.२० अंकले नेप्से घट्दै २८१५.४० विन्दुमा रोकिएको छ । यसैगरी आज ४ करोड १८ लाख १३ हजार ९९४ कित्ताको किनबेचमा १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो अहिलेसम्मकै उच्च कारोबार हो । यो भन्दा अघि गत सोमबार सबैभन्दा बढी कारोबार भएको थियो । सो दिन नेप्से १३ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेप्से घटेपनि तीन वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्य दर्जनमाथि कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको छ । आज सबैभन्दा धेरै अपी हाइड्रोपावरको कारोबार ४३ करोड रुपैयाँ बराबरको भएको छ भने, अरुण कावेली पावर लिमिटेडको ३७ करोड रुपैयाँ बराबरको भएको छ ।

यसैगरी, चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको ३७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । आज २१५ वटा कम्पनीको शेयर कारोबार भएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।