१२ मंसिर २०८३ 🌫️ १७°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

पूर्वीनाका १५ दिनका लागि पूर्णरुमा बन्द

सेयर:

मेचीनगर, ३ जेठ / विश्वभर महामारीका रुपमा रहेको कोभिड १९ (कोरोना) को नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर नेपाल प्रवेशको पुर्वीद्वार काँकरभिट्टा नाका १५ दिनका लागि पूर्णरुमा बन्द हुने भएको छ । भारतमा पछिल्लो समय कोभिड १९ को संक्रमण र मृत्युदर उच्च रहेकाले कोभिड १९ संक्रमण तीव्र रुपमा फैलिएको जनाउँदै भारतको पश्चिम बंगाल सरकारले नाका पूर्णरूपमा बन्द गर्ने जनाएको हो ।

मुलुकको पूर्वी सीमा नाका झापाको काँकरभिट्टा भारतको पश्चिम बंगाल पानीट्याँकीस्थित रानीगञ्ज नाका सँग जोडिएको छ । पश्चिम बंगाल सरकारले जेठ २ देखि १६ गते बिहान ६ बजेसम्म नाका बन्द रहने जनाउदैं सोमबार विहानैबाट नेपाल भारत जोड्ने मेचीपुलको भारततर्फ मुख्य सडकमा ठाट लगाएर मानिसको अवत जावतमा रोक लगाएको नेपाली सुरक्षा अधिकारीहरुले जनाएका छन् । अहिले मेची पुलमा मानिसको आवगमन ठप्प रहेको नेपाली अधिकारीहरुले जनाएका छन् । पश्चिम बंगाल सरकारले जेठ २ देखि १६ गते बिहान ६ बजेसम्म नाका बन्द रहने जानकारी नेपाल पक्षलाई गराईसकेको छ ।

जेठ २ देखि १६ गते बिहान ६ बजेसम्म मानिस आवतजावत निषेध गरिएको जानकारी नेपाल पक्षलाई आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताउनुभयो । त्यो अवधिमा

औषधि, खाद्यान्न, डिजेल, पेट्रोल, एलपी ग्यास तथा अक्सिजन बुलेटबाहेक कुनै पनि सामान र सवारी साधनको आयात ठप्प हुने बताइएको छ । पश्चिम बंगाल सरकारले सो अवधि थप हुनसक्नेसमेत सकेत समेत गसिकेको छ ।

भारतीय पक्षले नेपाली तथा भारतीय नागरिक तथा अन्य सबै प्रकारका सवारी साधनसमेतलाई आवतजावतमा पूर्ण रोक लगाइदिन झापा प्रहरीलाई भनेको छ । पश्चिम बंगाल सरकारले नेपालका अन्य जिल्लाबाट समेत झापाको काँकरभिट्टा नाका हुँदै भारत जान स्वदेशी तथा विदेशी नागरिक र सवारीसाधन आउन सक्ने भएकाले सम्बन्धित ठाउँमा जानकारी गराउन समेत अनुरोध गरेको प्रवक्ता थापाले बताउनुभयो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।