१२ मंसिर २०८३ 🌫️ १७°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

प्याब्सनको नाममा भइरहेका शोषण अविलम्व नसच्चिए प्रतिकारमा जाने:इस्टु ,भद्रपुर

सेयर:

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले प्याब्सनको नाममा भइरहेका शोषण अविलम्व सच्याउन माग गरेको छ ।

नगर अध्यक्ष विदुर ढुंगाना तथा सचिव रमेश भट्टराईद्वारा जारी विज्ञप्ति अनुसार गत वर्ष सम्पन्न आधारभूत तह उत्रीर्ण परीक्षा २०७९ को उत्तर पुस्तिका परीक्षण गरेको पारिश्रमिक रोकेर प्याब्सन भद्रपुरले शिक्षकमाथि गरेको आर्थिक शोषण अविलम्व सच्याउन माग गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ — आधारभूत तह उत्तीर्ण परीक्षाको मुख्य जिम्मेवार नगर शिक्षा शाखा भए पनि भद्रपुर नगर प्याब्सनलाई परीक्षाको आर्थिक कारोवार जिम्मा लगाएर प्रति विद्यार्थी रू ५००।— परीक्षा शुल्क २०७९ चैत्र महिनामै उठाएर सोही समयमा परीक्षा सम्पन्न गरी परीक्षा फल समेत प्रकाशन गरेको १० महिना पूरा हुँदा समेत उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकको परिश्रमिक दिन आलटाल गरिरहेकोमा आपत्ति प्रकट गरिएको छ ।

नगर सरकारले समेत संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीबाट रू ५००।— र सामुदायिक विद्यालयका विद्यार्थीबाट रू २००।— मात्र परीक्षा शुल्क लिन दिएको स्वीकृति समेत नियम विपरित भएको ठहर गरिएको छ । परीक्षा एउटै, प्रश्नपत्र र उत्तर पुस्तिका एउटै भए पनि नगर शिक्षा समितिले देशमै नभएको निजी र सामुदायिक गरी विद्यार्थीको टाउको गनेरै गरेको विभेदले प्याब्सनलाई व्यापार गर्न दिएको मौन अनुमतीमाथि नै प्रश्न उठाइएको छ ।

नगर सरकारकै कारण बालबालिकामाथि भइरहेको आर्थिक शोषण देखिने विभेद अविलम्व सच्याउन माग गर्दै आधारभूत तह उत्तीर्ण परीक्षा प्याब्सन, एन प्याब्सनलाई ठेक्कामा नदिन समेत अनुरोध गरिएको छ ।

यस्तै प्याब्सन, एन प्याब्सनसित संस्थागत विद्यालय शिक्षक युनियनले गरेको सहमती विपरित भद्रपुर ७ मा रहेको फुलमुन एकाडेमी र भद्रपुर ९ मा रहेको ग्यालेक्सी इग्लिस स्कुलले शुक्रवारको आधा विदा कटौती गरेकोमा आपत्ति जनाउँदै शिक्षक कर्मचारीमाथिको शोषण नरोके प्रतिकारमा जाने समेत स्पष्ट पारिएको छ ।

भद्रपुरमा रहेका ३१ वटा संस्थागत विद्यालयहरू मध्ये अधिकाम्स विद्यालयले प्याब्सन एन प्याब्सनको निर्णय भन्दै सार्वजनिक विदा अतिक्रमण गर्ने, तोकिएको न्युनतम पारिश्रमिक नदिने, राज्यको नीति नियम विपरित गतिविधि अगाडि बढाउने काम गरे पनि नियामक रमिते भइरहेको आरोप लाग्ने गरेको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।