७ मंसिर २०८३ ⛅ १९°C झापा / बिर्तामोड
🥇 सुन: रु. २,४५,४०० | 🥈 चाँदी: रु. ३,११० | 💵 डलर: रु. १३४.५०
🚨 ताजा अपडेट:

मतदाता नामावली ऐनमा संशोधन गर्न निर्वाचन आयोगको प्रस्ताव

सेयर:

अशोज ६, काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका लागि तोकिएको आमचुनावका लागि मतदाता नामावली सङ्कलन गर्ने बाटो खुला गर्न सरकारसँग प्रस्ताव गरेको छ ।

मतदाता नामावली ऐनमा भएको व्यवस्था अनुसार चुनावको मिति घोषणा भएपछि मतदाता नामावली सङ्कलन गर्न पाइँदैन । तर यस पटक विशेष अवस्थामा चुनाव हुन लागेकोले मतदाता नामावली सङ्कलन गर्न आयोगले सरकारसँग प्रस्ताव गरेको हो ।

जेन–जी आन्दोलनबाट बनेको सरकारले चुनाव गराउन लागेको र अब मतदाता थप नगर्दा जेन–जी पुस्ताका धेरै छुट्न सक्ने भएकाले आयोगले नामावली सङ्कलन गर्ने प्रस्ताव गरेको हो । यसअघि नै गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यादेश ल्याएर मतादाता नामावली सङ्कलनको बाटो खुलाउने बताउनुभएको छ ।

आयोगले चुनावी कार्यतालिकामा असर नपर्ने गरी मतदाता नामावली ऐनमा संशोधन गर्न खोजेको जनाएको छ । कहिलेसम्म नामावली सङ्कलन गर्न सकिन्छ भन्ने बारेमा आयोगले निर्णय गरेको छैन ।

सीमित अवधि र सुरक्षाको हिसाबले समेत अहिलेको विषम परिस्थितिमा फागुनभित्रै चुनाव सम्पन्न गराउनु चुनौतीपूर्ण हुने बताइरहेका बेला आयोगले द्रूत गतिमा काम गरेमा र सरकारले सरोकारवाला पक्षसँग समन्वय गरेर उचित वातावरण बनाएमा चुनाव गर्न सकिने जनाएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

केचना न्युज

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।