१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

झापा क्षेत्र नम्बर १ क मा कोइराला र तामाङ्ग बीच प्रतिस्पर्धा हुने

सेयर:

झापा क्षेत्र नम्बर १ क मा रबिन कोइराला र गोपाल तामाङ्ग बीच रोचक प्रतिस्पर्धा हुने भएको छ । मेचीनगर नगरपालिकाका संस्थापक मेयर, नेकपा एमाले झापाका पूर्व अध्यक्ष, पूर्व जिल्ला इन्चार्ज र हालका झापा जिल्ला सहइन्चार्ज समेत रहेका कोइराला यस अघि नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई संविधान सभा निर्वाचनमा हराएर संविधान सभाको सदस्य निर्वाचित भएका थिए । नेकपा एमालेका झापा इन्चार्ज एवम् पूर्व कानुन मन्त्री अग्नी खरेलले झापा क्षेत्र नम्बर १ बाट टिकट पाएपछि कोइरालाले पार्टीको निर्णय मान्दै प्रदेश सभा सदस्यमा उम्मेद्वार बन्न राजी भएका छन् । कोइरालालाई चुनाव जितेमा प्रदेश सभामुख वा प्रभावशाली मन्त्रालय दिने गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले आवश्वासन दिइएको बुझिएको छ ।
यत नेपाल तरुण दल झापाका सभापति एव् युवा नेता गोपाल तामाङ्ग पनि झापा क्षेत्र नम्बर १ क बाट टिकट पाएर चुनाब लड्दैछन् । मेचीनगरका दर्जनौं संघ संस्थाको अध्यक्ष भएर कुशल नेताको छबि बनाएका तामाङ्ग अघिल्लो आम निर्वाचनमा प्रदेश सभामा समानुपातिक तर्फ उम्मेद्वार थिए । कोइराला र तामाङ्ग दुबै मेचीनगर ६ का बासिन्दा भएकोले उनीहरुको चुनावी प्रतिस्पर्धा रोचक हुने विश्लेषकहरुको बुझाइछ ।
गोपाल तामाङ्ग युवाहरु माझ लोकप्रिय छन् भने कोइराला एमाले झापाका कुशल संगठकका रुपमा परिचित छन् ।
सबैभन्दा धेरै मतदाता रहेको मेचीनगर ६ को मत दुबैलाई बाँडिदा अन्य क्षेत्रको मत जीतहारका लागि निर्णायक हुन सक्से आकलन गरिएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।