१३ मंसिर २०८३ ☀️ २२°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

बाढीपहिरोका डरलाग्दा भिडियोले बालबालिकामा बढाउँदै छ गहिरो मानसिक तनाव

सामाजिक सञ्जालमा विपद्का दृश्य दोहोरिएर देखिँदा बालबालिकामा डर, चिन्ता र निद्रामा समस्या देखिएको विज्ञहरूको चेतावनी

सेयर:

सामाजिक सञ्जालमा विपद्का दृश्य दोहोरिएर देखिँदा बालबालिकामा डर, चिन्ता र निद्रामा समस्या देखिएको विज्ञहरूको चेतावनी

📌 मुख्य बुँदाहरू:

  • बाढीपहिरोबाट प्रभावित बालबालिका सामाजिक सञ्जालमा देखिने शव र विनाशका दृश्यले थप मानसिक त्रासमा परेका छन्।
  • नुवाकोट र रसुवाका शिविरमा आमाबुवासहित परिवारका सबै सदस्य गुमाएर एक्लिएका बालबालिकासमेत भेटिएको विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले बताइन्।
  • सामाजिक सञ्जालको एल्गोरिदमका कारण एउटै पीडादायी भिडियो पटकपटक देखिँदा बालबालिकामा डर लाग्ने, शरीर काँप्ने र भोक हराउनेजस्ता समस्या देखिएका छन्।

बाढीपहिरोले घरबारविहीन बनाएका बालबालिका आफैँमा गहिरो मानसिक पीडਾमा छन् । त्यसमाथि सामाजिक सञ्जाल खोल्दा देखिने बगाउँदै गरेका मानिस, मृत्यु भएका व्यक्तिका शव र ध्वस्त घरका डरलाग्दा दृश्यले उनीहरूको त्रास झन् बढाइरहेको छ ।

बाढीपहिरोमा मृत्यु भएका व्यक्तिका तस्बिर र भिडियो सामाजिक सञ्जालमा बारम्बार पोस्ट तथा सेयर भइरहेका छन् । एकपटक हेरिसकेको पीडादायी भिडियोसमेत सामाजिक सञ्जालको एल्गोरिदमका कारण पटकपटक देखिन सक्छ । यसले विशेषगरी विपद्बाट प्रत्यक्ष प्रभावित बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने सरोकारवालाले बताएका छन् ।

मनोसामाजिक समस्या र शिविरको वास्तविकता

विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीका अनुसार बाढी प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्श दिँदा परिवारका सबै सदस्य गुमाएर एक्लिएका बालबालिकासमेत भेटिएका छन् । उनीहरूका लागि विपद्का दृश्य केवल सामाजिक सञ्जालमा देखिने भिडियो मात्र नभई आफूले भोगेको पीडालाई पुन: सम्झाउने माध्यम बनिरहेका छन् ।

‘बाढी प्रभावित महिला तथा बालबालिकाको मानसिक स्वास्थ्य अवस्था जटिल छ । नुवाकोट र रसुवामा सञ्चालित शिविरमा मनोसामाजिक परामर्शलगायत कार्यक्रम गर्दा आमा, बुवासहित मामाघरका सबै सदस्य गुमाएर एक्लै परेका बालबालिकासमेत भेटिएका छन्,’ भण्डारीले बताइन्, ‘सामाजिक सञ्जालमा देखिने विपद्का दृश्यले उनीहरू झन् कहालिन्छन् ।’

उनका अनुसार सामाजिक सञ्जालको एल्गोरिदमले एउटै प्रकृतिका भिडियो पटकपटक देखाउने भएकाले प्रभावित बालबालिका थप तनावमा पर्ने गरेका छन् । मनोसामाजिक परामर्शका क्रममा विभिन्न उमेर समूहका प्रभावितले यस्ता दृश्य हेरेपछि डर लाग्ने, शरीर काँप्ने र भोक हराउनेजस्ता समस्या सुनाएको उनको भनाइ छ ।

बालबालिकामा पर्ने दीर्घकालीन असर

विपद्सम्बन्धी दृश्यको असर प्रत्यक्ष प्रभावित बालबालिकामा मात्रै सीमित हुँदैन । मृत्यु, विनाश र उद्धारका डरलाग्दा दृश्यको पटकपटक सम्पर्कमा आउँदा अन्य बालबालिकासमेत त्रसित हुन सक्ने सरोकारवालाको चेतावनी छ । यस किसिमका हानिकारक सामग्री र गलत सूचनाको नियन्त्रणका लागि सरकारी निकाय तथा सामाजिक सञ्जाल प्लेटफर्मबीच प्रभावकारी समन्वय हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।