११ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

चालु आर्थिक वर्षको तीन महिनामा सवा चार अर्ब वैदेशिक लगानी भित्रियो

गत वर्षको तुलनामा प्रत्यक्ष वैदेशिक लगानी दोब्बरले बढे पनि चार महिनाको अवधिमा लगानी प्रतिबद्धता भने घटेको छ

सेयर:

गत वर्षको तुलनामा प्रत्यक्ष वैदेशिक लगानी दोब्बरले बढे पनि चार महिनाको अवधिमा लगानी प्रतिबद्धता भने घटेको छ

📌 मुख्य बुँदाहरू:

  • चालु आर्थिक वर्षको तीन महिनामा सवा चार अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ।
  • गत वर्ष सोही अवधिमा एक अर्ब ७४ करोड रुपियाँ मात्र लगानी भित्रिएको थियो।
  • चार महिनामा १९ अर्ब ५५ करोड रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
  • सबैभन्दा धेरै पर्यटनमूलक उद्योगमा आठ अर्ब ६६ करोड रुपियाँको लगानी प्रतिबद्धता आएको छ।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा सवा चार अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) देशमा भित्रिएको छ। नेपाल राष्ट्र बैंक र संकलित तथ्याङ्क अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष वैदेशिक लगानी दोब्बरभन्दा बढीले वृद्धि भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ७४ करोड रुपियाँ मात्र वैदेशिक लगानी भित्रिएको थियो। समीक्षा अवधिमा लगानीको यो आकङ्का बढेसँगै बाह्य लगानी भित्रिने क्रममा सकारात्मक सुधार देखिएको छ।

लगानी प्रतिबद्धतामा भने आएको छ गिरावट

यसबीच चालु आर्थिक वर्षको चार महिनामा १९ अर्ब ५५ करोड रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ। उद्योग विभागका अनुसार साउनदेखि कात्तिक मसान्तसम्म कुल ४९७ वटा परियोजनामार्फत उक्त लगानी प्रतिबद्धता आएको हो।

गत आर्थिक वर्षको सोही अवधिमा ३६ अर्ब ६८ करोड रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो। तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा झन्डै आधा कम मात्र लगानी प्रतिबद्धता दर्ता भएको छ।

साना उद्योगमा उच्च आकर्षण र क्षेत्रगत विवरण

चालु आर्थिक वर्षमा सबैभन्दा धेरै साना उद्योगहरूमा लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। तथ्याङ्कअनुसार कुल ४९१ साना उद्योग, चार ठुला र दुई मझौला उद्योगमा लगानी प्रतिबद्धता प्राप्त भएको छ।

क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा धेरै १८६ पर्यटनमूलक उद्योगमा आठ अर्ब ६६ करोड रुपियाँ प्रतिबद्धता आएको छ। त्यस्तै ऊर्जामूलक तीन उद्योगमा चार अर्ब पाँच करोड रुपियाँ र सेवामूलक ४४ उद्योगमा तीन अर्ब ९५ करोड रुपियाँ लगानी प्रतिबद्धता रहेको छ। सङ्ख्यात्मक रूपमा सबैभन्दा धेरै सूचना प्रविधि क्षेत्रमा २७२ वटा उद्योग दर्ता भएका छन् भने उत्पादनमूलक २९ उद्योगमा एक अर्ब ७५ करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।

📄 प्रेस विज्ञप्ति / सूचना

Author
📄 Author
बढ्यो वैदेशिक लगानी
📄 बढ्यो वैदेशिक लगानी
बढ्यो वैदेशिक लगानी
📄 बढ्यो वैदेशिक लगानी
बढ्यो वैदेशिक लगानी
📄 बढ्यो वैदेशिक लगानी
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।