१३ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

वैदेशिक रोजगार मुद्दामा फरार रहेकाहरूको बैङ्क खाता रोक्का गरिने

पक्राउ पुर्जी जारी भएर पनि सम्पर्कमा नआएका व्यक्तिहरूको विवरण सङ्कलन गरी बैङ्क खाता रोक्का गर्न नेपाल राष्ट्र बैङ्कलाई पत्राचारको तयारी गरिएको छ।

सेयर:

पक्राउ पुर्जी जारी भएर पनि सम्पर्कमा नआएका व्यक्तिहरूको विवरण सङ्कलन गरी बैङ्क खाता रोक्का गर्न नेपाल राष्ट्र बैङ्कलाई पत्राचारको तयारी गरिएको छ।

📌 मुख्य बुँदाहरू:

  • वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्तिहरूको बैङ्क खाता रोक्का गरिने भएको छ।
  • विभागले जारी गरेको ३५ दिने म्यादभित्र करिब २८ हजार फरारमध्ये एक हजारजति मात्र सम्पर्कमा आएका छन्।
  • विभागले अर्को साताभित्रै नेपाल राष्ट्र बैङ्कलाई औपचारिक पत्र पठाएर खाता रोक्का गर्ने तयारी गरेको छ।

वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई सम्पर्कमा नआएका व्यक्तिहरूको बैङ्क खाता रोक्का गरिने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवको निर्देशनअनुसार वैदेशिक रोजगार विभागले सम्पर्कमा नआएका फरार व्यक्तिको बैङ्क खाता रोक्का गर्ने प्रक्रिया अगाडि बढाएको हो।

विभागले वैदेशिक रोजगारीसम्बन्धी विभिन्न मुद्दामा पक्राउ पुर्जी जारी भएका तर सम्पर्कमा नआएका व्यक्तिहरूलाई लक्षित गर्दै गत कात्तिक ९ गते ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो। सो अवधिमा करिब २८ हजार फरार व्यक्तिहरूमध्ये हालसम्म करिब एक हजार जना मात्र विभागको सम्पर्कमा आएको विभागले जनाएको छ।

राष्ट्र बैङ्कमा पत्राचारको तयारी

वैदेशिक रोजगार विभागका महानिर्देशक नवराज ढकालका अनुसार मन्त्री यादवको निर्देशनपछि म्यादभित्र उपस्थित नभएका व्यक्तिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ। अर्को साताभित्रै त्यस्ता व्यक्तिहरूको बैङ्क खाता रोक्का गर्न नेपाल राष्ट्र बैङ्कलाई औपचारिक पत्र पठाउने तयारी भइरहेको उनले जानकारी दिए।

अनुसन्धान र कानुनी प्रक्रिया

न्याय निरूपणमा रहेका बाहेकका अन्य फरार व्यक्तिको मुद्दा कानुन अनुसार अध्ययन र अनुसन्धान प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ। पक्राउ पुर्जी जारी भइसकेका व्यक्तिहरू विभागको सम्पर्कमा आएमा अनुसन्धान अधिकृतमार्फत सोधपुछ तथा बयान लिने काम हुनेछ।

📄 प्रेस विज्ञप्ति / सूचना

Author
📄 Author
फरार व्यवसायीको खाता रोक्का गरिने
📄 फरार व्यवसायीको खाता रोक्का गरिने
फरार व्यवसायीको खाता रोक्का गरिने
📄 फरार व्यवसायीको खाता रोक्का गरिने
फरार व्यवसायीको खाता रोक्का गरिने
📄 फरार व्यवसायीको खाता रोक्का गरिने
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।