१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

झापाको हाम्रो नेपाल साकोस काठमाडौँमा प्रशंसित

सेयर:

२३ असार, झापा : झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट घोषित भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था बबरमहल काठमाडौँले हाम्रो नेपाल साकोसलाई उत्कृष्ट घोषणा गर्दै आइतबार प्रसंशापत्र प्रदान गरेको छ ।

देशभरका एक हजार सात सय साझेदार संस्था मध्ये हाम्रो नेपाल उत्कृष्ट भएको घोषणा सहित २४ औँ साधारणसभामा सो वित्तीय संस्थाले प्रसंशापत्र प्रदान गरेको हो । पूर्वअर्थमन्त्री डा . युवराज खतिवडा, सो वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठक, प्रमुख कार्यकारी शिवरामप्रसाद कोइराला लगायतले हाम्रो नेपालका अध्यक्ष भवानीप्रसाद दङ्गाललाई संयुक्त रूपमा फूलमाला, खदा, अविरसहित प्रशंसापत्र हस्तान्तरण गर्नुभएको हो ।

कारोबारको आधारमा उत्कृष्ट घोषणा भएको हाम्रो नेपालले वार्षिक अढाई अर्ब बढीको आर्थिक कारोबार गर्दै आएको छ । झापा, मोरङ र इलाममा ३१ वटा सेवाकेन्द्र मार्फत सेवा प्रवाह गर्दै आएको हाम्रो नेपालको सेयर सदस्य ३८ हजार बढी छन् । १२ वर्ष अघिबाट सञ्चालनमा आएको हाम्रो नेपाललाई २०८१ साउनदेखि २०८२ जेठसम्मको कारोबारका आधारमा उत्कृष्ट व्यवसायिक साझेदार घोषणा गरेको हो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।