११ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

सेयर:

काठमाडौँ — उच्च रक्तचाप श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री खनाल बुधबार साँझ धुमबाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

अहिले खनालको स्वास्थ्य अवस्था सामान्य रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । छाती रोग विशेषज्ञ डा. रक्षा पाण्डेको नेतृत्वको टोली खनालको उपचारमा संलग्न रहेको ह्याम्स अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले जानकारी दिए ।

खनालको फोक्सोमा पानी जमेकाले श्वासप्रश्वासमा समस्या भएको पनि निर्देशक डा. शर्माले बताए । उच्च रक्तचापको पनि समस्या रहेका खनाललाई हाल अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ ।

खनालको स्वास्थ्यमा भइरहेको सुधार हेर्दा दुई तीन दिनमा डिस्चार्ज गर्न सकिने पनि निर्देशक शर्माले बताए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।