१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

जापानमा सत्तारुढ दलका वरिष्ठ नेतासँग दाहालको भेट

सेयर:

२४ साउन, काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवं पूर्वअर्थ, व्यापार तथा उधोगमन्त्री तोसिहिरो निक्कइसँग भेट गरेका छन् ।

पाँच दिनको जापान भ्रमणमा रहेका नेता दाहालले मंगलबार राजधानी टोकियोमा जापानी नेता निक्कइसँग भेटवार्ता गरेका हुन् । भेटको क्रममा दुई देशबीच आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरूको आदानप्रदान गर्नेबारे छलफल भएको थियो ।

भेटवार्ताबारे नेता दाहालको आधिकारिक फेसबुक पेजबाट पनि सूचना सार्वजनिक गरिएको छ । यस्तै नेपालको कृषि, पर्यटन, जलविद्युत लगायत क्षेत्रमा जापानले दिँदै आएको सहयोगलाई वृद्धि गर्ने सम्बन्धमा छलफल भएको दाहालको फेसबुक पेजमा जारी सूचनामा भनिएको छ ।

जापानमा रहँदै आएका नेपाली समुदायको निमन्त्रणामा जापान पुगेका नेता दाहालले अधिकांश समय नेपाली समुदायसँग विताएका छन् । यसअघि उनले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनप्रति दु:ख व्यक्त गरेका थिए ।

इकान्तिपुरबाट
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।