१२ मंसिर २०८३ 🌫️ १७°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

बेलायतकी महारानी एलिजावेथ द्वितियाको निधन

सेयर:

बेलायतकी महारानी एलिजावेथ द्वितियाको निधन भएको छ। महारानी एजिलावेथको स्कटल्याण्डस्थित बालमोरलमा बिहीबार ९६ वर्षकाे उमेरमा निधन भएको हो।

बेलायतमा ७० वर्ष शासन चलाएकी एजिलावेथको स्वास्थ्य अवस्था जटिल भएपछि उनका सबै परिवार बिहीबार बालमोरलमा भेला भएको बकिङ्घम दरबारले जनाएको छ।

सन् १९५२ मा शासन सम्हालेकी उनले बेलायतका ठूला सामाजिक परिवर्तनको साक्षी बनेकी छन्।

एलिजावेथ १९२६ मा लन्डनमा राजकुमारीका रुपमा जन्मेकी थिइन्। १९५२ मा बुबा राजा जर्ज पञ्चमको मृत्युपछि उनी २५ वर्षको उमेरमा रानी बनेकी थिइन्। एलिजावेथको १९४७ मा राजकुमार फिलिपसँग विवाह भएको थियो ।

एलिजावेथको निधनसँगै युवराज चार्ल्स बेलायत तथा १४ कमनवेल्थ राज्यका राजा बनेका छन्।

रानीलाई राजकीय सम्मानसाथ अन्तिम श्रद्धाञ्जली दिइने र करिब १० दिनपछि अन्तिम संस्कार गरिनेछ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।