१२ मंसिर २०८३ ☀️ २२°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

यूरोकप २०२४ को “ड्र” सार्वजनिक ३ वटा देश प्ले अफबाट टुङ्गो लाग्ने

सेयर:

एजेन्सी। युरोकप २०२४ को आयोजक जर्मनीले पहिलो खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ । गएराति म्युनिखमा सार्वजनिक गरिएको ‘ड्र’ मा जर्मनी र स्कटल्यान्ड एकै समूहमा परेका हुन् ।

तीन पटकको च्याम्पियन जर्मनी र स्कटल्यान्ड रहेको समूह ‘ए’ मा हंगेरी र स्विटजरल्यान्ड छन् । समूह ‘बी’ मा रहेको साविक विजेता इटालीले स्पेन, क्रोएसिया र अल्बानियासँग खेल्नेछ । इटालीले इंग्ल्यान्डलाई पेनाल्टीमा पराजित गर्दै युरो २०२० को उपाधि जितेको थियो ।

साविक उपविजेता इंग्ल्यान्ड समूह ‘सी’ मा छ । उसले स्लोभेनिया, डेनमार्क र सर्वियाको सामना गर्नेछ । फ्रान्स, अस्ट्रिया र नेदरल्यान्डस समूह ‘डी’ मा छन् । यो समूहमा एक टिम प्ले अफबाट आउनेछ । स्लोभाकिया, बेल्जियम र रोमानिया समुह इ मा परेका छन् । प्ले अफ जितेर आउने टिमले यो समुहलाइ पुर्णता दिनेछ । पोर्चुगल समुह एफमा परेको छ । यो समूहमा टर्की, चेक रिपब्लिक प्ले अफबाट आउने टिम हुनेछ ।

युरो आगामी वर्षको जुन १४ मा जर्मनीमा सुरु हुनेछ । फाइनल जुलाई १४ मा बर्लिनस्थित ओलम्पिक स्टेडियममा हुनेछ । सहभागी २४ मध्ये २१ टिमको टुंगो लाग्दा तीन टिम प्ले अफबाट आउनेछन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।