१२ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

युरो कप:आज राती क्वाटर फाइनलका दुई खेल हुँदै ,चेकसँग डेनमार्क तथा इङ्ल्याण्डसँग युक्रेन भिड्ने

सेयर:

एजेन्सी । युरो २०२० अन्तर्गत आज राति दुई वटा क्वार्टरफाइनलका खेल हुँदैछन्। राति ९:४५ बजे चेक गणतन्त्र र डेनमार्कबीच बाकुमा खेल हुनेछ।

चेकले अन्तिम १६ को खेलमा नेदरल्यान्ड्सलाई २-० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। डेनमार्कले भने वेल्सलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो।

दोस्रो खेलमा राति १२:४५ बजे इंग्ल्यान्ड र युक्रेनबीच प्रतिस्पर्धा हुँदैछ। युक्रेनले स्विडेनलाई हराएर अन्तिम आठमा स्थान पक्का गर्‍यो।
इंग्ल्यान्डले भने चिरप्रतिस्पर्धी जर्मनीलाई २-० ले पराजित गरेको थियो। यी दुई खेलको विजेताबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ।

यसअघि शनिबार विहान इटालीले बेल्जियमलाई तथा स्पेनले स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेका थिए।

इटाली र स्पेनबीच अब सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।