१२ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

इरानमा रेल दुर्घटना हुँदा २१ को मृत्यु, ५० घाइते

सेयर:

तेहरान : पूर्वी इरानमा बुधबार बिहान यात्रुवाहक रेल पटरीबाट खस्दा कम्तीमा २१ यात्रुको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन्।

समाचार अनुसार मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। रेल दुर्घटनाको विस्तृत जानकारी अझै उपलब्ध छैन। रेलमा ३५० जना सवार रहेको बताइएको छ, यद्यपि यात्रुको वास्तविक संख्या अझै थाहा हुन सकेको छैन।

रिपोर्टका अनुसार ताबास शहर नजिकै राति बिहानै रेलका सातमध्ये चारवटा डिब्बा पटरीबाट खसेका थिए। ताबास राजधानी तेहरानबाट करिब ५५० किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ।

कम्तीमा १७ जना गम्भीर घाइते भएका छन्। केहीलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको जनाइएको छ।

यसअघि सन् २००४ मा इरानमा एउटा भयानक रेल दुर्घटना भएको थियो। जसमा करिब ३२० जनाको ज्यान गएको थियो भने ४६० जना घाइते भएका थिए। सोही क्रममा पाँचवटा गाउँमा ठूलो क्षति पुगेको थियो।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।