११ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन

सेयर:

एजेन्सी

मेचीनगर– दक्षिण अमेरिकी फुटबलका दुई महाशक्तिबीचको खेलमा आइतबार अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिका २०२१ जितेको छ । अर्जेन्टिनाको यस ऐतिहासिक जितमा एन्जेल डी मारियाले पहिलो हाफमा एक मात्र गोल गरे ।

यससँगै लियोनल मेसीको अर्जेन्टिनाका लागि पहिलो ठूलो उपाधि जित्ने सपना पूरा भएको छ । कोपा अमेरिका र विश्वकप फाइनल खेले पनि मेसीले यसअगाडि आफ्नो देशका लागि कुनै ठूलो उपाधि जित्न सकेका थिएनन् ।

प्रख्यात माराकाना स्टेडियममा भएको खेलमा एक मात्र गोल डी मारियाले २२औं मिनेटमा गरे । यसका लागि रोड्रिगो डे पउलले पास उपलब्ध गराएका थिए । खेलको ५२ औं मिनेटमा ब्राजिलका लागि रिचार्लिसनले गोल गरे पनि त्यसले मान्यता पाएन ।

त्यसमा अफसाइडको निर्णय दिइएको थियो । सन् १९९३ यता अर्जेन्टिनाले उपाधि जितेको यो पहिलोपल्ट हो । त्यति बेला अर्जेन्टिनाले कोपा अमेरिकाकै फाइनलमा मेक्सिकोलाई हराएको थियो । आयोजक ब्राजिल भने यसपल्ट आफ्नै भूमिमा भएको कोपा अमेरिकाको उपाधि रक्षा गर्न असफल रह्यो । ब्राजिल डिफेन्डिङ च्याम्पियनका रूपमा प्रतियोगितामा उत्रेको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।