१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

सावित्रा र अनिताको गोलमा नेपालको सानदार जित

सेयर:

२१ भदौं, काठमाडौँ : छैटाैं संस्करणकाे महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले सानदार जित निकालेकाे छ। मंगलबार दशरथ रंगशालामा भएकाे प्रतियाेगिताकाे उद्घाटन खेलमा नेपालले भुटानमाथि ४-०काे जित निकाल्याे।

नेपालकाे सनदार जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले समान २ गाेल गरे। नेपालले पहिलाे हाफमा १ र दाेस्रे हाफमा ३ गाेल गरेकाे थियाे।

१२औं मिनेटमा सावित्राले गाेल गर्दै नेपाललाई सुरूवाती अग्रता दिलाइन् । पहिलाे हाफ १-०मै सकियाे।

६७औं मिनेटमा सावित्राले नै नेपालकाे अग्रता दोब्बर बनाइन् । त्यसपछि ७३ र ८४औं मिनेटमा अनिताले गोल गरेपछि नेपालले भुटानमाथि ४–० को फराकिलो जित निकाल्याे।

प्रतियाेगितामा नेपाललसहित भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छन् । समूहको बीमा रहेको नेपालले समूह चरणको अन्तिम खेल भदौ २८ गते श्रीलंकासँग खेल्नेछ।

प्रतियाेगिताअन्तर्गत बुधबार भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्स भिड्ने छन्।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।