११ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

इटहरीका मेयरविरुद्ध पत्रकार महासंघको सडक आन्दोलनः नागरिक समाज, व्यवसायी र राजनीतिक दलको ऐक्यबद्धता

सेयर:

४ साउन, विराटनगर : इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले पत्रकार प्रति गरेको टिप्पणीको विरुद्ध नेपाल पत्रकार महासंघ सुनसरीले सडक आन्दोलन सुरु गरेको छ । मेयर पौडेललाई ध्यानाकर्षण पत्र बुझाएर माफी माग्न आग्रह गर्दा पनि उनले टिप्पणीको पुष्टि गर्न नसकेपछि महासंघले इटहरीको सङ्गीत चोकमा ऐक्यबद्धता सभा आयोजना गरेको हो ।

महासंघ सुनसरीले लोकतन्त्र, प्रेस स्वतन्त्रता र व्यबसायीक पत्रकारिताको पक्षमा ऐक्यबद्धता सभाको आयोजना गरेको हो । ऐक्यबद्धता सभामा इटहरीका नागरिक समाज, व्यवसायी र राजनीतिक दलहरूले लोकतन्त्र, प्रेस स्वतन्त्रता र व्यबसायीक पत्रकारिताको पक्षमा ऐक्यबद्धता जनाएका छन् ।

ऐक्यबद्धता सभामा बोल्दै नागरिक समाज इटहरीका अध्यक्ष आरके राईले इटहरीको नागरिक समाज सधैँ लोकतन्त्र र व्यबसायीक पत्रकारिताको पक्षमा रहेको बताए । उनले भने, लोकतन्त्रमा प्रेस जगतको महत्वपूर्ण भूमिका रहन्छ । इटहरीको नागरिक समाज सधैँ प्रेस स्वतन्त्रता पक्षमा छ । उनले इटहरीका मेयर हेमकर्ण पौडेलले सामाजिक सञ्जालमा गरेको टिप्पणी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बन्देज लगाउने किसिमको भएको बताए ।

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले इटहरीका मेयर हेमकर्ण पौडेलको अभिव्यक्ति निन्दनीय भएको भन्दै प्रेस स्वतन्त्रता र व्यबसायीक पत्रकारिताको पक्षमा रहेको बताए । ऐक्यबद्धता सभामा साहित्यकार मनुमञ्जिल, नागरिक समाज इटहरीका पूर्व अध्यक्षहरू वोदराज नेपाल, बद्री विशाल पोख्रेलले ऐक्यबद्धता सभामा सम्बोधन गरे ।

इटहरीका मेयर पौडेलले समाचार प्रकाशन र प्रसारण गर्नु अघि आफ्नो सचिवालयमा समाचार पठाउने र दानापानी नदिए समाचार छाप्ने भन्दै दुई साता अघि सामाजिक सञ्जालमा लेखेका थिए । मेयरले सामाजिक सञ्जालमा लेखेको प्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाउँदै समाचार प्रकाशन गर्न अघि सचिवालयमा समाचार पठाउने र दानापानी नदिएपछि समाचार छाप्ने पत्रकारको नाम महासंघमा दिन आग्रह गरेको थियो ।

महासंघले ज्ञापन पत्र बुझाउँदै यसरी समाचार पठाउनेको नाम दिएर पुष्टि गर्न नसके आन्दोलनको चेतावनी दिएको थियो । महासंघले ज्ञापन पत्र दिँदा समेत मेयर हेमकर्ण पौडेलले आफूले लेखेको विषयमा पुष्टि गर्न नसकेपछि महासंघले चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको नेपाल पत्रकार महासंघ सुनसरीका सचिव विनय वाह्कोटीले बताए ।

महासंघले पौडेलको पाटी नेपाली काँग्रेसको नगरदेखि जिल्ला हुँदै केन्द्रीय समिति सम्म ध्यानाकर्षण पत्र बुझाउने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।

नेपाल प्रेसबाट

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।