झापा, बैशाख १७। कचनकवल गाउँपालिका–३ दलकीमा आज बिहान स्कुल बस दुर्घटना हुँदा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते भएका छन्।
दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको विद्यापाणी सेकेन्डरी स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा बस अनियन्त्रित भई पल्टिएको हो।
बसमा सवार करिब १८–२० विद्यार्थीमध्ये अभिषेक राजवंशी, अर्जुन राजवंशीलगायत एक दर्जन विद्यार्थी घाइते भएका छन्। अधिकांशको अवस्था सामान्य रहेको र उपचारका लागि मनमोहन अस्पताल बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक ओमप्रसाद तिम्सिना पनि घाइते भएका छन्। घटनापछि बस चालक फरार रहेका छन् भने दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा राखिएको छ

