१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

काँकरभिट्टा क्याम्पसमा आँखा शिविर सम्पन्न : ३५ जनाँ आँखामा समस्या

सेयर:

२६ माघ, मेचीनगर : काँकडभिट्टा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी र उनीहरुका अभिभावक मध्ये ३५ जनाकाे आँखामा माेतिबिन्दु र अन्य समस्या देखिएकाे छ । बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन काँकरभिट्टा बहुमुखी क्याम्पस इकाई कमिटीले काँकरभिट्टा आई केयर सेन्टर प्रा.लि. मेचीनगर- ६, काँकरभिट्टाकाे प्राविधिक सहयाेगमा भएकाे एकदिने निःशुल्क आँखा परीक्षण (आँखा शिविर) मा यस्ताे देखिएकाे विद्यार्थी नेता हरि भट्टराईले जानकारी दिनुभयाे ।

उहाँका अनुसार कुल ३११ जनाकाे आँखा परीक्षण गर्दा ३५ जनाकाे आँखामा माेतिबिन्दु तथा अन्य समस्या देखिएकाे हाे । अब माेतिबिन्दुकाे निःशुल्क शल्यक्रिया तथा अन्य समस्याकाे विशेष छुटका साथ उपचार गर्ने प्राविधिक सेवा उपलब्ध गराइएको काँकरभिट्टा आई केयर सेन्टर काँकरभिट्टाले जनाएकाे छ । अन्य शल्यक्रिया गर्नुपर्ने भएमा ४० प्रतिशत छुटकाे व्यवस्था मिलाइएको विद्यार्थी नेता विनम सरदारले जानकारी दिनु भयो । आँखा जाँचका क्रममा विद्यार्थीलाई ओैषधि निःशुल्करूपमा वितरण गरिएकाे तथा चश्मामा १५ प्रतिशत विशेष छुट दिईएकाे थियाे ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।