१२ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन चैत्र १० गते गर्ने सहमति : विद्यार्थीहरु माथिको कारबाही फिर्ता

सेयर:

४ चैत्र, काँकरभिट्टा : काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्थगित भएको स्ववियू निर्वाचन चैत १० गतेभित्र गराउने सहमति भएको छ ।

आज क्याम्पस सञ्चालक समिति, निर्वाचन समिति, क्याम्पस प्रशासन र राजनीतिक दलहरुको नेतृत्वगणसँग बसेको सर्वपक्षीय बैठकले चैत १० गतेभित्र स्ववियू निर्वाचन गराउने सहमति भएको हो ।

क्याम्पस प्रशासन, निर्वाचन समिति र विद्यार्थीहरुको संघ/संगठनबीच भएको विवादका कारण यही चैत ५ गते हुनु पर्ने स्ववियू निर्वाचन स्थगित भएको थियो ।

शनिबार बसेको सर्वपक्षीय बैठकले ८ वटा बुँदामा सहमतिसहित स्ववियू निर्वाचन गराउने निर्णय गरेको छ ।

क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले आज एक प्रेस विज्ञप्ति जारी गरेर निर्वाचनका कार्यक्रमहरुका विषयमा जानाकारी गराउनु भएको छ । विज्ञप्तिमा क्याम्पसमा लगाएको ताला खोल्न अनेरास्ववियूलाई आग्रह गर्ने, स्ववियू सभापति सुरज सुवेदीलाई सर्वसम्मत समिति घोषणा गर्न समन्वयकारी भूमिका खेल्ने, शिक्षा संकाय दोस्रो वर्षमा अध्ययनरत छात्र सन्तोष धमला र शिक्षा संकाय चौँथो वर्षमा अध्ययनरत छात्र सन्देश पौडेलको कारबाही फिर्ता गर्न क्याम्पस प्रशासनलाई आग्रह गर्ने, सर्वसम्मत समिति घोषणा नभए चैत १० गतेभित्र निर्वाचन गर्न समन्वय समितिले नयाँ मिति सिफारिस गर्ने र सोही अनुसार निर्वाचनका कार्यक्रम गर्ने उल्लेख छ ।

त्यस्तै स्ववियू निर्वाचनको प्रक्रियाकै शिलशिलामा क्याम्पस सञ्चालक समितिबाट राजिनामा दिनुभएका दुर्गाप्रसाद सापकोटा र रचना घिमिरेलाई निर्वाचन अघि बढाउन सहमति भएकोले राजिनामा फिर्ता लिन उहाँहरुसँग अनुरोध गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

सहमति लगत्तै सर्वसम्मत स्ववियु गठनको लागि गरिएको प्रयास विफल भएको र एक एर्काबीच स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति भएको र विद्याथी संघ/संगठनहरुको सर्वपक्षीय बैठकबाट यही चैत्र १० गते स्ववियु निर्वाचन गर्न निर्वाचन समिति समक्ष अनुरोध गर्ने सर्वसम्मत निर्णय भएको काँकरभिट्टा बहुमुखी क्याम्पसका वर्तमान स्ववियु सभापति सुरज सुवेदीले बताउनु भयो ।आज बसेको बैठकमा नेपाली काँग्रेसको तर्फबाट क्षेत्रिय सभापति इन्द्रबहादुर बुडाथोकी, क्षेत्रिय सचिव सुरेन्द्र बुडाथोकी, नगर सभापति सुदय पनेरु र नगर कोषाध्यक्ष भूमि पौंडेल सहभागी हुनुहुन्थ्यो, नेकपा एमालेको तर्फबाट राजु कार्की र टिकाराम मगराती सहभागी हुनुहुन्थ्यो, नेकपा एसको तर्फबाट शंकर थापा, वि.पी. भट्टराई, मिलन राई सहभागी हुनुहुन्थ्यो, राप्रपाबाट विशाल वास्तोला, होम विष्ट र दिवाकर काफ्ले सहभागी हुनुहुन्थ्यो, जसपाबाट ओमप्रकाश खापुङ्गको सहभागिता रहेको थियो । काँकरभिट्टा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको तर्फबाट सभापति सुरज सुवेदी, सदस्यहरु कौशल उप्रेती र भरत चम्लागाईंको सहभागिता रहेको थियो ।सञ्चालक समितिका अध्यक्ष कमल थापा क्षेत्रीको अध्यक्षतामा भएको बैंठकमा सञ्चलाकहरु भगिरथ भण्डारी, त्रिवि प्रतिनिधि एवम् संचालक नेत्र नेपाल, संचालक पनिता ढकाल, संचालक हरिप्रसाद तिम्सिना र संचालक हरिप्रसाद न्यौपानेको सहभागिता रहेका थियो भने । सहायक क्याम्पस प्रमुख बासुदेव कोइराला, निर्वाचन समिति संयोजक हेमकुमार खड्का, सदस्यहरु दुर्गाबहादुर लुइटेल, फाल्गुनी दाहाल र जमुना ढुङ्गाना साथै निर्वाचन समितिको सहयोगी कर्मचारी शेरबहादुर बस्नेतको सहभागिता रहेको थियो भने बैठकको सहजीकरण क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रतीले गर्नुभएको थियो ।

हेर्नुहोस् प्रेस विज्ञप्ति :

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।