१२ मंसिर २०८३ ☀️ २३°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

खडक नगरपालिकाद्वारा सडक अतिक्रमण हटाउन तीन दिनको अल्टिमेटम

सप्तरीको कल्याणपुर–वनौली सडक खण्डको क्षेत्राधिकारभित्र निर्माण गरिएका अनधिकृत संरचना आफैं हटाउन स्थानीय प्रशासनले चेतावनी दिएको छ।

सेयर:

सप्तरीको कल्याणपुर–वनौली सडक खण्डको क्षेत्राधिकारभित्र निर्माण गरिएका अनधिकृत संरचना आफैं हटाउन स्थानीय प्रशासनले चेतावनी दिएको छ।

📌 मुख्य बुँदाहरू:

  • सप्तरीको खडक नगरपालिकाले कल्याणपुर–वनौली सडक खण्डका अनधिकृत संरचना हटाउन तीन दिनको अल्टिमेटम दिएको छ।
  • सार्वजनिक जग्गामा बनेका घरटहरा, पसल र निर्माण सामग्री ३ दिनभित्र नहटाए नगरपालिकाले आफैं हटाउने चेतावनी दिएको छ।
  • यसअघि पनि पटक–पटक सूचना जारी गरिएको भए पनि बेवास्ता गरिएको नगरपालिकाले जनाएको छ।

सप्तरीको खडक नगरपालिकाले कल्याणपुर–वनौली सडक खण्डको क्षेत्राधिकारभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन सम्बन्धित व्यक्तिहरूलाई तीन दिनको अल्टिमेटम दिएको छ। नगरपालिकाले सार्वजनिक जग्गामा भइरहेको अतिक्रमण तत्काल रोक्नका लागि यो कडा कदम चालिएको स्पष्ट पारेको छ।

नगरपालिकाले मंसिर ७ गते सार्वजनिक सूचना जारी गर्दै सडकको दायाँबायाँ रहेका सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा, पसल, छाप्रो, घेराबेरा तथा थुपारिएका निर्माण सामग्री र अन्य सरसामानहरू तीन दिनभित्र आफैं हटाउन आग्रह गरेको छ। यसअघि पनि पटक–पटक सूचना प्रकाशित गरी सार्वजनिक जग्गा खाली गर्न ताकेता गरिएको भए पनि अटेरी गरिएको नगरपालिकाको भनाइ छ।

कानुनी कारबाही र सडक विस्तारको तयारी

तोकिएको समयसीमाभित्र अनधिकृत संरचना तथा सामग्री नहटाइएमा प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया पूरा गरी नगरपालिकाले आफैं ती संरचना हटाउने चेतावनी दिएको छ। त्यसरी हटाइएका संरचना वा सामग्री हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्ति वा पक्षबाटै असुलउपर गरिने पनि चेतावनीमा उल्लेख गरिएको छ।

कल्याणपुरदेखि फुलबरिया गाउँसम्मको उक्त सडक खण्ड कालोपत्र गर्ने काम सडक डिभिजन कार्यालय लहानले गरेको हो। सडकको क्षेत्राधिकारभित्र रहेका अनधिकृत संरचना र निर्माण सामग्रीका कारण सडक विस्तार, सहज आवागमन तथा सार्वजनिक जग्गाको उपयोगमा बाधा पुगिरहेको छ। सोही समस्या समाधान गर्नका लागि नगरपालिकाले यो अतिक्रमण हटाउने अभियान तीव्र रूपमा अघि बढाएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।