१४ जेठ, काँकरभिट्टा: नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा काँग्रेसको जिल्ला र नगरपालिकामा उम्मेदवारको चर्चा र घोषणा सुरु भएको छ । झापामा सभापतिका लागि तीनजनाले आकांक्षा व्यक्त गरेका छन् ।
करिब ३४ हजार क्रियाशील सदस्य रहेको झापामा पार्टीका जिल्ला सभापति उद्घव थापाले आफू दुई कार्यकाल सभापति बनिसकेको हुँदा अब तेस्रो पटक उम्मेदवार नबन्ने बताइसकेका कारण अन्य नेताहरले आ आफ्नो उम्मेद्वारी प्रस्तुत गर्न ढोका खुलेको बताइएको छ । झापामा आगामी साउन २६ गते जिल्ला अधिवेशन हुने कार्यतालिका रहेको छ ।
वर्तमान पार्टीका जिल्ला उपसभापति राम कट्टेल, पूर्व उपसभापति देउमान थेबे र युवा नेता राजेन्द्र घिमिरेले अबको अधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने इच्छा व्यक्त गर्नुभएको छ ।
झण्डै चारवर्ष अघि सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका, प्रदेश र संघ कतै पनि उम्मेदवार नबनेका तर पार्टीलाई उम्मेद्वारलाई हरेक निकायमा जिताउने उद्देश्यका साथ लागेका तीनै जना सभापतिको उम्मेदवारी दावी गर्न थाल्नुभएको छ । कट्टेल जिल्ला कोषाध्यक्ष हुँदैं वर्तमान उपसभापति बन्नु भएको थियो । उहाँ पार्टीमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको पक्षमा उभिने निष्ठावान र काँग्रेसका लागि इमान्दार नेताका रुपमा परिचित हुनुहुने काँग्रेस वृत्तमा चर्चा छ । पाटीृमा लामो अनुभव प्राप्त गरिसक्नु भएका कट्टेल पुराना काँग्रेसी नेता र विभिन्न सामाजिक संघ संस्थामा निक्कै समयसम्म मुख्यः जिम्मेवारी सम्हालि सक्नु भएको छ ।
उता वर्तमान पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका पूर्व उपसभापति थेबे अबको जिल्ला अधिबेशनमा जिल्ला सभापतिको मुख्य दावेदारका रुपमा आफूलाई कार्यकर्ता माझ उभ्याउनु भएको छ । पार्टीको क्रियाशील सदस्यको टुङ्गो लागिसकेपछि आफ्नो उम्मेद्वारीका विषयमा धारणा सार्वजनिक गर्ने मनसायमा थेबे हुनुहुन्छ ।
गत जिल्ला अधिवेशनमा पनि उहाँले सभापतिमा लड्ने तयारी गरे पनि वर्तमान सभापति उद्घव थापालाई छाड्नुपर्ने दवावका कारण पछि सर्नुभएको बताईएको छ । थेबे वर्तमान पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री देउवाको प्रिय पात्रको रुपमा चिनिनुहुने एक काँग्रेस महासमिति सदस्यको भनाई छ ।
उहाँले भन्नुभयो ‘थेबे जी गत जिल्ला अधिवेशनमा नै पार्टी सभापति हुनहुन्थयो । यस पटक थापा जी लाई दिनुपर्छ भन्दैं माथिबाटै प्रेसर आएका कारण व्याग हुनुभयो र उहाँलाई थामथुम पारियो । ’ नेपाली काँग्रेसका युवा नेता राजेन्द्र घिमिरेले पनि समयले माग्यो भने आफू पार्टीको जिल्ला नेतृत्व हाँक्न तयार रहेको बताउनुभएको छ । वर्तमान सचिव प्रेम सम्वाहाम्फे, कोषाध्यक्ष केशवराज पाण्डे, प्रचार विभाग प्रमुख लोकराज ढकाल र पूर्व सचिव भगिरथ पोद्घार समेत सभापतिको आकांक्षी हुनुहुन्छ ।
यता मेचीनगर सभापतिमा समेत नवीन वराल, सुदयकुमार पनेरु, सुरेन्द्रकुमार बुडाथोकीलगायतको नाम चर्चा हुन थालेको छ । तर, उहाँहरु कसैले पनि अहिले सम्म नगर सभापतिको उम्मेद्वारका रुपमा घोषणा गर्नुभएको छैन् ।
