१२ मंसिर २०८३ ☀️ २२°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मुख्यमन्त्री राईले लिए शपथ, चार मन्त्री र एक राज्यमन्त्री नियुक्त

सेयर:

१६ कार्तिक, बिराटनगर : प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले शपथग्रहण गरेका छन्।

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुख्यमन्त्री राईलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्। भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि राई नियुक्त भएका हुन्।

नवनियुक्त मुख्यमन्त्री राईले मंगलबारै सानो मन्त्रिपरिषद् गठन गरेका छन्।

राईले काङ्ग्रेसबाट दुई, माओवादी केन्द्रबाट एक र जनता समाजवादी (जसपा) बाट एक जनालाई मन्त्री नियुक्त गरेका हुन्।

नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री, जसपाका नेता जयराम यादव सामाजिक विकास मन्त्री, काङ्ग्रेस नेता हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्री, काङ्ग्रेसकै केदार कार्की आन्तरिक मामिला मन्त्री, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका हुन् ।

नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख तथा राज्य मन्त्रीले मुख्यमन्त्री समक्ष शपथग्रहण गरेका छन्।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।